तेह्रथुम सदरमुकाम लगायत बजारमा प्रभावकारी बन्दै नियमित बजार अनुगमन

प्रकाश पाक्साँवा/तेह्रथुम, २६ साउन । तेह्रथुम सदरमुकामलगायत बजारमा केही समयअघिसम्म म्याद गुज्रेका वस्तुहरू छ्यापछ्प्ती पाइने गरेको थियो । लामो समयसम्म बजार अनुगमन नहुनु ग्राहक र व्यवसायीलाई म्याद गुज्रेको वस्तुमा ध्यान नपुग्नुका कारण यस्तो हुँदै आएको हो । तर, पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार नियमित अनुगमन हुन थालेपछि म्याद गुज्रेका वस्तुहरू न्यूनीकरण हुँदै गएको तेह्रथुम जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बूले बताए ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमन प्रभावकारी बन्न थालेको हो । नियमित रूपमा बजार अनुगमन हुन थालेपछि व्यवसायीहरूले म्याद गुज्रेको वस्तुलाई व्यवस्थापन गर्ने गरेका छन् ।

बजार केन्द्रहरूमा नियमित अनुगमनलाई निरन्तरता दिँदै जाने हो भने व्यवसायी र ग्राहकसमेत सचेत बन्दै जाने व्यवसायी चुडामणि जोशीले बताए । उनी भन्छन्, ‘बजारलाई सकेसम्म मासिक नभए पनि तीन महिनामा एकपटक अनुगमन गर्न आवश्यक छ । ग्राहकहरूले म्याद रहेको खाद्यवस्तु मात्रै पाउनेछन् ।’

अघिल्लो अनुगमनमा पाइएको प्रतिवेदनका आधारमा पछिल्लो समय सुधार हुँदै गएको हो । लामो समयसम्म अनुगमन नभएका फेन्सी तथा हार्डवयेर पसलहरूमा म्याद सकिएका वस्तु भेटिएको टोलीले जनाएको छ । नियमित बजार अनुगमनलाई निरन्तरता दिँदै उद्योगी व्यवसायीहरूलाई सल्लाह र परामर्श दिँदै आएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

जिल्ला सदरमुकाम म्याङलुङ, जिरीखिम्ती बजार, लसुने,बसन्तपुर बजार, छथर शुक्रबारे, पोक्लाबाङ बजार, मोराहाङ बजार, आठराई संग्रान्तीलगायतका बजारमा अनुगमन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।