सप्तकोशी नदीमा डुवी बालकको मृ’त्यु

सुनसरी, भाद्र ९ । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृ’त्यु भएको छ ।

हिजो दिउँसो पौने २ बजे सरस्वति मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझी बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानियले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृ’त्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

विपद् व्यवस्थापनमा साझा धारणा आवश्यक
विराटनगर, ९ भदौ (रासस):प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले विपद् व्यवस्थापनमा सबैले साझा धारणा र भावना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश नं १ न्याय प्रशासन तथा विधायन समितिद्वारा आज यहाँ आयोजित ‘प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश संसद्को भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्राकृतिक विपद्लाई बर्सेनि सामाना गर्न यसको व्यवस्थापनमा विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो ।

विपद् व्यवस्थापनमा इमान्दारिताको खाँचो रहेको औँल्याउँदै सभामुख भण्डारीले भन्नुभयो, “सामाजिक काममा ऐक्यबद्धरूपमा लाग्न सकेमा मात्र परिणाम सही आउँछ ।” आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकारले आवश्यक रणनीति र नीति बनाइरहेको बताउनुभयो । उहाँले विपद्मा सरकार उद्धार एवं राहतको कार्यसँगै बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विपद् विकासको बाधक भएकाले यसको व्यवस्थापन नगरी प्रतिफल हासिल नहुने भन्दै मन्त्री कार्कीले विपद्ले सबभन्दा बढी गरिबलाई समस्यामा पार्ने गरेको छ भन्नुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले विपद्मा खेल्नुपर्ने भूमिकाको अभावमा विपद्का घटनामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा सरकारले पूर्णरूपमा तयार रहनुपर्ने भन्दै प्रदेशको सबै जिल्ला अस्पतालको स्तरोन्नति गरी विपद् व्यवस्थापन सहयोग पु¥याउने धारणा राख्नुभयो ।

समितिका सदस्य राजकुमार ओझाले प्राकृतिक विपद्ले मात्र होइन, जङ्गली जनावर, मानवका कारण पनि विपद् हुने गरेको भन्दै सरकारलाई विपद् व्यवस्थापनमा आवश्यक काम गर्न समितिले निर्देशन दिने बताउनुभयो ।

सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईँले प्रदेशमा विपद् व्यवस्थापनका लागि सरकारले राम्रो तयारी गर्नुपर्ने विचार राख्नुभयो ।

प्रदेशसभा सदस्य हीमादेवी बस्नेतले विपद्मा उद्धार र राहतले मात्र नपुग्ने भन्दै विपद् व्यवस्थापनका लागि सरकारले आवश्यक संरचना निर्माण गर्नुपर्ने भन्नुभयो । उहाँले गत वर्ष धनकुटामा असिनाले एक हजार आठ सय परिवारको तरकारी बाली सखाप भएको र यसमा सरकारले कुनै पनि राहत नदिएकामा गुनासो गर्नुभयो ।

समितिका सभापति इन्द्रमणि पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली र विज्ञ रामचन्द्र न्यौपानेले विपद्का विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।