ओझेलमा दिदीबहिनी झरना

बागलुङ, १० भदौ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् ।

यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी झरना राखेका छन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना । झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीनघण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ ।

मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमसः माइली, साइँली र कान्छी भन्ने गरिएको छ । स्थानीयले सबैको नाम एकमुष्ठरुपमा ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन् । झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँसदाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौं अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन ।

झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा बर्सातको समय सयौँ गाईभैँसी र भेँडाबाख्रा बाध्ने गरिन्छ । चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रुपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ ।

ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रचार गर्न थालेको छ । यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ । पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले पर्यटक आकर्षित गर्न वडाले पदमार्ग, सडक निर्माण गर्ने बताउनुभयो ।

अध्यक्ष बुढामगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कसमेत निर्माण गर्ने योजना बनाएको बताउनुभयो । “लामो समयदेखि यो झरना ओझेलमा छ, यसको प्रचारप्रचार र विकासका लागि हामी निर्वाचित भएर आएदेखि निरन्तर लागि रहेका छौँ, योजना बनाइरहेका छौँ, सबैभन्दा पहिले पर्यटक झरनासम्म पुग्न पदमार्ग निर्माण र सडक निर्माण गर्नु पर्ने छ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “विस्तारै त्यस वरपर पार्क निर्माण गर्ने, झरनालाई व्यवस्थित बनाउने योजना बनाएका छौँ आगामी वर्षको बजेटमा यसलाई विशेष प्राथमिकतामा राख्ने छौँ ।”

झरना भएको स्थान करिब तीन हजार मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न सडक तथा पदर्माग निर्माण भए हिउँद बर्खा दुवै यामलाई सजिलो हुनेछ । यी झरनालाई बाहिर चिनाउन सकिए हिउँदमा हिउँ खेल्न र बर्सातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउनका लागि बागलुङ बजार र त्यो भन्दा परबाट पनि पुग्न सजिलो हुने देखिन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।