फेरिँदै तीज मनाउने शैली

सुशीला रेग्मी/रामपुर (पाल्पा), १४ भदौ (रासस) ः बजारका चोक, खुल्ला चउर, गाउँका चौतारी, बगैचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटल तथा रेष्टुरेण्टमा रौनकता बढेको छ । दैनिक समुहमा दरखान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक, घरआँगन अहिले सुनसान जस्तै बनेका छन् ।

पार्टी प्यालेस, रेष्टुरेण्ट, होटल व्यावसायीलाई दर खुवाउन तीजका बेला भ्याइनभ्याइ छ । नयाँ पहिरनमा सजिएर आमा समूह, महिला समूह तथा विभिन्न समूहमार्फत दरखाने र रमाउनेको जमात बढ्दो छ । यस परिवेशले शहर बजारमा मात्रै होइन ग्रामीण भेगमा पनि छोइसकेको छ । स्थानीवासी सरस्वती सोमले बिगतका वर्षमा तीजका बेला गाउँमै महिला जम्मा भएर खाने गरेको दर यस पटक भने पार्टी प्यालेसमा समूहमा मनाएको बताउनुभयो । “चर्को घाममा खाना पकाउन झण्झट गर्नु परेन, होटलमा तयारी अवस्थामा रहेका खानेकुरा खाने, समय अनुसार आएको सुख सुबिधा उपभोग गर्नुप¥यो, साथीहरुसंग मज्जाले नाच्न गाउन पाइयो”, उहाँले भन्नुभयो ।

गाउँका चौतारी, प्रतिक्षालय र आमा तथा महिला समूहका भवनमा दरका परिकार तयार पारेर रमाइलोसँगै एकापसमा शुभकामना आदानप्रदान गर्दै समूहमा तीज मनाइन्थ्यो । स्थानीयवासी सीता देवकोटाले ठूला शहर बजारमा मात्र होइन साना शहर बजारका होटल, रेष्टुरेण्टमा दरखानेको भीड देखिन्छ । पर्व मनाउने क्रममा पछिल्लो समय अरुको देखावटी प्रवृत्ति बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बजारका ठूला र महंगा होटल भरिभराउँ भएका छन्, पहिला तीजका गीत गुञ्जने चौतारी, पौवा, बगैचा यतिबेला सुनसानमय बनेका छन्, गाउँमा पकाएर खाने अल्छी प्रवृत्ति र अर्काको देखासिखिले गर्दा चाडपर्व भड्किलो बन्दै गयो ।”

पार्टी प्यालेसमा गएर तीजमा महिलाले दुःख र वेदनाका गीतमा नृत्य प्रस्तुत गर्दा ठाउँ र परिवेश अनुसार सुहाउँदो नभएको अहिले धेरैले सामाजिक सञ्जालमा टिप्पणी गरिरहेका छन् । बिशेषगरी गायिका विष्णु माझीको चरी जेलैमा बोलको गीतले निकै चर्चा पाएको छ ।

सामाजिक सञ्जालमा होटल तथा रेष्टुरेण्टमा महंगा लत्तापडा, गरगहनामा सजिएर दर खादै महिलाहरुले ‘जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुदै रुदै बेसी मेलैमा’ बोलको गीतमा नृत्य गर्दा गीतको मर्म अनुसार उचित नभएको धेरैको टिप्पणी छ । गाउँकै चौतारी, बगैचाको शीतल छाहारीमा महिला जम्मा भएर पकाउने, खाने, गाउँने नाच्ने गर्दा छुट्टै आनन्द आउने गरेको अर्का स्थानीयवासी कुन्तादेवी गैरेले बताउनुभयो ।

“समूहमा साथीहरु मिलेर पकाउने, खाने गर्दा माइती जान नपाएपनि मन भुलाउँछ, एकापसमा आफ्ना दुःखसुख साथीलाई सुनाउन पाइयो, अचकाल त होटलमा गएर खाने नाच्ने चलन बढ्यो, यो प्रवृत्तीले विकृति ल्यायो समाजमा ।” उहाँले भन्नुभयो ।

दुइवर्ष कोभिड १९ को प्रभावले घरभित्रै मनाइएको तीज यसवर्ष कोरोनाको सहज परिस्थिति बनेपछि भने तीजको चहलपहल बढेको नमस्ते पाल्पा होटल तथा रेष्टुरेण्टका सञ्चाल कमल पाण्डेय बताउनुभयो ।

“समूहमा एकै थरीका पोशाकमा पूराना गीत आफैले गाएर नाच्ने गर्नुहुन्छ, केही आफ्नो इच्छाअनुसार युट्युव, मेमोरी कार्डमा नाचेर तीज मनाउनुभएको छ, पार्टी प्यालेस भएपनि महिला सामान्य तरिकाले गाउँघरमा जसरी मनाउनुहुन्थ्यो यसरी नै दरखाने र साथीहरुसंग शुभकामना आदानप्रदान गर्नुहुन्छ, हामीले पनि न्युनतम शुल्क लिएर सेवा दिइरहेका छौँ ।”उहाँले भन्नुभयो ।

शनिवार र विदाका दिन २५० जनासम्म र अन्य दिन कम मात्रामा आउने गरेको उहाँको भनाइ छ । न्यूनतम रु ६०० देखि बढीमा एक हजार शुल्क कायम गरिएको जनाइएको छ । विभिन्न काम तथा पेशा व्यावसायमा आबद्ध रहेका महिलालाई सामूहिक रुपमा दरखाने कार्यक्रममा सहभागी हुने अवसर मिल्दैन । कार्यालय समय सकिएपछि, दिनभर व्यापार गरेर साँझपख होटलमा साथी, दिदीबहिनी, आफन्त जम्मा भएर नाच्ने गाउने एउटा अवसर मिलेको सागर श्रेष्ठ बताउनुभयो ।

होटल तथा रेष्टुरेण्टमा दर खान जादैमा विकृति नै हो भनेर भन्न नमिल्ने र कामको व्यस्तताले गर्दा समय अनुसार चलनचल्तीमा आएका सुख सुबिधा उपयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।