बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण

खड्क सुनार/मुगु, १९ भदौ । छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पुर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर, ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त यो डाडो पहिरिएर कतै जाने सम्भावना नै छ । बजेट पचाउने दाउमा ससुराली डाँडामा पुर्वाधार कार्यालयको मिलोमतोमा तटबन्धन निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको १० लाख बजेटमा पहिरो नै नआउने स्थानमा तटबन्धन निर्माण भएको हो । बजेट विनियोजन हुँदा शिवमन्दिर जाने सडक समेत निर्माण गर्नुपर्ने भन्दै १० लाख छुट्टाइए पनि सडक निर्माण नगरी डाँडामा तटबन्धन मात्रै गरिएको छ ।

असार मसान्तमा बजेट आएको र उपभोत्ता समित गठन गर्न समय अभावले कोटेसन आह्वान गरेर ठेक्कामार्फत काम अगाडि बढाएको पूर्वाधार कार्यालय मुगुले जनाएको छ । तीन जनाको कोटेसन परेको र जसमा केटिएस निर्माण सेवाका प्रोपाईटर केशव चौलागाईले ठेक्का दिइएको थियो ।

सो क्षेत्रमा न बाढी, पहिरो , भू–क्षय आउने अवस्था छ सोही स्थानमा तटबन्धन गरिनुले सरासर रकम पचाउनेबाहेक अरु विकल्प नरहेको स्थानीय बताउँछन् । सदरमुकामभित्रै दर्जनौँ स्थानमा पटक पटक सडक अवरुद्ध हुने, बाढीको पनि जोखिम रहेका स्थान छन् । तर, जिल्लामा रहेको पुर्वाधार विकास कार्यालयले सुटुक्ट कोटेसन आह्वान गरी पहिरो नआउने स्थानमा तटबन्धन हाल्दा अनियमितता र मिलोमतोको गन्ध आएको स्थानीयको भनाइ छ ।

तटबन्धनमा ४६ जाली प्रयोग भएको छ । ती सबै जाली गुणस्तरहीन रहेको आरोप छ । भाँचपातल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज चौलागाईका अनुसार पुर्वाधार विकास कार्यालयले सो स्थानमा तटबन्धन गर्दा उपभोक्ता समितिलाई कुनै पनि जानकारी नदिएको बताए ।

उनका अनुसार यस योजनाका लागि समितिले माग गरेको छैन । समितिले डाँडामा तटबन्धनका लागि माग पनि नगर्ने उनले बताए ।

पहिरो नै नआउने ठाउँमा तटबन्धन गर्नु भ्रष्टचारबाहेक अरु केही नभएको छायाँनाथ रारा नगरपालिका–२ का ऐनबहादुर हमालले बताए । उनका अनुसार बाढी पहिरो जाने धेरै ठाउँ छ । त्यहाँ तटबन्धल गरियो तर सडक योजनामा तटबन्धन गरिनुले अनमियतता भएको उनले बताए ।

पुर्वधार कार्यालयका सव–इन्जिनियर मोहनसिंह कार्कीका अनुसार आर्थिक वर्ष ०७८÷०७९ को तटबन्धनको लागि १० लाख रकम विनियोजित गरिएकोमध्ये सात लाख रकम भुक्तानी भइसकेको बताए । सडक निर्माण शीर्षकमा १० लाख बजेट आए पनि पहिलो चरणमा फिल्ड निर्माणको लागि रिटेनिङ वाल बनाइएको बताए ।

विशेष गरेर सडक संरचनाको लागि १० लाखभित्र दुई मिटरसम्मको सडक फराकिलो बनाउने र बाँकी रकमले ग्याबिन रिटेनिङ वालले फिल्ड निर्माण गर्ने काम रहेको सबईन्जिनियर कार्कीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।