एकै परिवारका तीन जनाको ह’त्या घटना: जंगलमा भाइको, बुहारी र भतिजलाई खोलामा खु’कुरी प्र’हारगरि ह’त्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक ह’त्या घटनाका आरोपिलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको ह’त्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न आरोपी बेलका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । मृ’तकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी ह’त्या गरेको स्वीकार गरेका छन् । ह’त्या पश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका– ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेलका नगरपालिका– ७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव फेला परेको थियो ।

आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।

घटना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे घटनाको बारेमा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाई राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १२ वर्षीय भतिज सुजन बस्नेतको उनले ह’त्या गरेको प्रहरी आरोप छ ।

बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गई रहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका प्रहरीले जनाएको छ । खुकुरी भिरेका नरबहादुरले भाई राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगि सकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर ह’त्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११:०० बजेको घट्नाबारे ३/४ घण्टासम्म कसैलाई जानकारी थिएन । कसैले नदेखेको हुनाले निर्धक्क घट्ना घटाएर हिँडेका बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो ।

मृ’तक र ह’त्या आरोपितका बाजेहरु दाजुभाइ हुन् । घरायसी बिवादले उग्ररुप लिदाँ हत्या हुन पुगेको अनुमान प्रहरीले गरेको छ । ह’त्या आरोपित बस्नेतले आफूलाई प्रहरीमा लगेर थुनाउछु मात्र भन्ने गरेकाले खेतीमा गएको मौका छोपि बाटो ढुकेर जंगलमा लुकेर बसि राजकुमारको ह’त्या गरेको बयानमा भनेका छन् ।

त्यसपछि बुहारी र भतिजलाई पनि खेतबाट लखेट्दै खोलामा लगेर ह’त्या गरेको उनले बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका ह’त्या आरोपी बस्नेतलाई आइतबारै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।