वन कर्मचारीको मिलेमतोमा चुरे क्षेत्रमा व्यापक काठ तस्करी

मुकेशकुमार यादव/सिरहा, २० भदौ । चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेकाे पाइएकाे हाे ।

सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने गरेको स्थानीय बताउँछन् ।

मिर्चैया नगरपालिका-९ रमपुराको सामुदायिक वनका खैर र सिसाैका हजारौ रूख वन कर्मचारीको सेटिङमा फँडानी भएको स्थानीय सन्ताेषकुमार यादवले बताए । रुख फँडानी र तस्करी रोक्न मिर्चैया प्रहरीलाई जानकारी गराउँदा बेवास्ता भएको उनको गुनासो छ ।

‘काठ तस्करी नियन्त्रणमा न वनको सक्रियता छ न प्रहरीकै,’ उनले भने, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फँडानीबारे जानकारी गराउँदा कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न प्रहरीले नै । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरूको ‘सेटिङ’ प्रष्ट हुन्छ ।’

समुदायिक वनबाट फँडानी गरिएको काठ रातको समयमा ट्याक्टरमा लोड गरी प्रहरीको उपस्थिति रहेकै स्थानबाट यहाँका स–मिलहरुमा पुग्दा पनि प्रहरी प्रशासनले चासाे देखाउँदैनन् ।

जिल्ला डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र मिश्रले केही वन कर्मचारीलाई वनको घुमुवाको रूपमा प्रयोग गरी स–मिलहरुबाट महिनावारी रकम असुली रहेको जोभा प्राकृतिक समुदायिक वनका अध्यक्ष हरि यादवले दाबी गरे । ‘जिल्लाका सव–डिभिजन वन कार्यालयहरू डिभिजन प्रमुखकै आदेशमा कार्यालयमै बसेर काठ तस्करलाई निजी आवादी जग्गाको रुख कटान आदेश दिने गरेका छन् । यही आदेशको आडमा तस्करहरू सामुदायिक वनको रुख कटान गरी स–मिलसम्म निर्धक्क पुर्‍याउने गर्छन् ।’

काठ तस्कर र तस्करीका काठ खरिद गर्ने स–मिल सञ्चालकहरू आ-आफ्नो क्षेत्रका सव–डिभिजन प्रमुखहरूलाई पन्ध्र हजार रुपैयाँ मासिक रकम बुझाउने गरेको बतायाे । सव–डिभिजन प्रमुखहरूले एकमुष्ठ रकम डिभिजन प्रमुखलाई बुझाउने गरेको संलग्न बताइन्छ ।

डिभिजन वन कार्यालयको मौन समर्थनका कारण चुरे क्षेत्रमा खयर, कर्मा, साललगायत काँचो रुखको फँडानी व्यापक छ । यहाँ काठ तस्करी संगठित बन्नुमा वन कार्यालयको मौन समर्थन रहेको स्थानीयकाे भनाइ छ । काठ तस्करहरूले अहिले पनि सिरहाको समुदायिक वन र चुरेक्षेत्रबाट काठ तस्करीलाई दिनदिनै व्यापक बनाउँदै लगेका छन् । सामुदायिक वनमा तस्करहरुले फँडानी गरेको साल, खयर,कर्मालगायतको जातको रुख काटिएका बुट्यान जताततै देखिन्छ ।

चुरे क्षेत्रमा फस्टाएको काठ तस्करीको वारेमा जिल्ला डिभिजन वन कार्यालय प्रमुख शैलेन्द्र मिश्रसँग बुझ्न खाेज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।