महोत्तरीमा बाढीको बितण्डा, सयौँ बिघा धान खेत डुबानमा

विशाल बस्नेत/महोत्तरी, २१ भदौ । बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् छन । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित् बनेकी हुन् ।
वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् ।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा –६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन ।

गनरापुराका कै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन । कुलोसँगै जोडिएको उनको घर डुमानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताए ।

बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।

‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यध्m गर्छन् ।
अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो ।

हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ । बसेनि यही कुलाको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन् ।

कुलोमा आउने वाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् ।

यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार जोखिममा छन् । स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।