विद्यालयका भवन जीर्ण

तुलसीपुर, २५ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् ।

विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । “भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानगरपालिकाभित्रको अलि विकट ठाउँमा भएर पनि होला, विकास हुन सकेको छैन”, विद्यालय व्यवस्थापन समितिका सदस्य वामदेव केसीले भन्नुभयो, “यो विद्यालयको भौतिक सुधारका लागि हामीले पहल गरिरहेका छौँ ।” पुरानो विद्यालय भए पनि भौतिक संरचनाका हिसाबले निकै पछि परेको उहाँले गुनासो गर्नुभयो । केही महिनाअघि मात्रै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशखाको तीन लाख ५७ हजार बजेटले एउटा भवनको जस्तापाता खरिद, पेन्ट तथा प्लास्टर गरिएको थियो ।

उक्त विद्यालय शिशु कक्षादेखि ८ सम्म सञ्चालित छ । सोही विद्यालयमा अहिले दुईसय २२ विद्यार्थी अध्ययनरत छन् । सोही विद्यालयको भौतिक संरचनालाई पुनःनिर्माण तथा थप गर्नका लागि पहल भइरहेको वडाध्यक्ष शङ्कर खड्काले बताउनुभयो । उक्त विद्यालय पुरानो पनि भएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । त्यहाँको खानेपानीको संरचना, शौचालय पनि निकै जीर्ण अवस्थामा रहेकाले त्यसको सुधारका लागि पहल भइरहेकोसमेत उहाँले बताउनुभयो । त्यस आसपासका बालबालिकालाई अध्ययन गर्न उक्त विद्यालयमा निकै सहज हुने गरेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।