छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

महोत्तरी, २९ भदौ । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ ।

छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्य महिला सशक्तीकरणकै एक महत्वपूर्ण पाटो हो । ”

साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले बताउनुभयो । “साइकल पाएका छात्रा हम्मेसी विद्यालय आउन छुटाउँदैनन्”, उहाँले भन्नुभयो, “पढाइमा पनि छात्राले मेहेनत बढाएका छन् ।”

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् । यिनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ ।

“छोरीहरू किशोरवयमै घरमा आमाको काममा सहयोगी पनि हुन्छन्, साइकलले छोरीहरूलाई घरको काम र विद्यालय आवतजावतको समय व्यवस्थापनमा पनि सहयोग पु¥याएको देखिन्छ”, मटिहानी–८ का बासिन्दा स्थानीय व्यापारी विजयकुमार साह भन्नुभयो, “अर्को महत्वपूर्ण पक्षचाहिँ छोरीले ‘हामै्र पढाइका लागि यो प्रबन्ध गरिएको’ भन्ने कुरा बुझ्दैछन् जस्तो लाग्दैछ ।”

छोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।