प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असोज । आज देशभर बदली रहने भएको छ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । राति प्रदेश १ का थोरैर बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छः प्रदेश प्रमुख परियार
कर्णाली, ३ असोज (रासस) ःकर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको बताउनुभएको छ ।

नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले कर्णालीवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

जारी शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “नेपालको संविधानबमोजिम सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता संस्थागत हुँदै गएको छ । नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, बालिक अधिकार, लोकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त भएको छ ।”

उहाँले एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेदको अन्त्य भई नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको बताउनुभएको छ । संविधानले आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, उत्पीडित, सीमान्तकृत, थारु, अल्पसङ्ख्यकको अधिकार र अवसर संस्थागत गरेको जनाउँदै प्रदेश प्रमुख परियारले राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैलाई ऐक्यबद्ध भएर लाग्न अपिल गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।