झापामा कार दुर्घटना ! दुईको मृ’त्यु, चार घाइते

झापा, ४ असोज । पूर्व पश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा आज अपराह्न भएको कार दुर्घटनामा दुई जनाको मृ’त्यु भएको छ भने चार जना घाइते भएको छन् ।

मृ’त्यु हुनेमा कार चालक सप्तरी जिल्ला लेगडा–५ बस्ने ४४ वर्षीय बलराम यादव र सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–१० की ३० वर्षीया गीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको बा१४च ९१०८ नम्बरको कार अनियन्त्रित भई सडक किनारको बरको रुखमा ठोकिँदा सो घटना भएको प्रहरीले जनाएको छ ।

कार दुर्घटना हुँदा कारमा सवार सबैजना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको थियो । जसमध्ये दुई जनाको मृ’त्यु भएको र बाँकी चार जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

घाइते भई अस्पतालमा उपचाररत मोरङ सुन्दर हरैचा–६ का ४० वर्षीया रीता चौधरी, सुनसरी जिल्ला इटहरी उपमहानगरपालिकाका– ८ का २७ वर्षीय तेजन चौधरी, धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय विविसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेका उहाँको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।