पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराएको हर्सिङडाँडा

लमजुङ, ६ असोज । मर्स्याङ्दी गाउँपालिका-३ हर्सिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

केही समयबाट यहाँ पर्यटकहरू घुम्न तथा बास बस्नका लागि समेत पुग्ने गर्दछन् । दैनिक एक सय देखि दुई सय जना पर्यटक आउने र बिदाको समयमा दोब्बर पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, ‘पहिला पहिला फाट्टफुट्ट दुई चार जना पर्यटक आउने गरे पनि केही महिनाबाट भने पर्यटक एक्कासि वृद्धि भइरहेको छ ।’

यहाँ घुम्न, हेर्न लायकका ठाउँ तथा ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायीहरूको भनाई छ । यहाँ चार जना युवा मिलेर खाना बस्नका लागिसमेत सुविधा दिन थालेसँगै पर्यटक आगमनमा वृद्धि हुन थालेको छ ।

यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराउने गरेको इतिहासमा उल्लेख छ । यसै वडामा वि.सं. १८०२ सालमा खुदीको ढंगैबेसीमा जन्मिनु भएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउँथे ।

ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकार वाला एकजुट हुनुपर्ने मर्स्याङ्दीका प्रेमबहादुर बस्नेत बत्ताउँछन् ।

हर्सिङडाँडामा गाईबस्तु चराएका भक्ति थापा वि.सं. १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका । उनले पहिले लमजुङका राजा केहरि नारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धवन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न थिए ।

१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो ।

अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएको इतिहास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।