बहुमूल्य वनस्पति : रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

दोधारा चाँदनी, ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का विजयराज पन्त गैरसहकारी संस्थाको जागिर छाडेर व्यावसायिकरुपमा रक्तचन्दन र श्रीखण्डको खेतीमा लागेका छन् ।

लामो समय विभिन्न गैरसहकारी संस्थामा काम गरेका उहाँले छ वर्षअघि जागिर छाडेर वन विभाग र वनस्पति विभागबाट अनुमति लिएर रक्तचन्दन र श्रीखण्डको खेती सुरु गरेका हुन् । जीवनभरि काम मात्रै कति गर्ने भनेर उहाँले न्यून लगानीमा बढी प्रतिफल आउने कृषि क्षेत्रको खोजी गरेको जानकारी दिनुभयो । “करिब छ महिना जति मैले अध्ययन गरे कुन खेती गर्दा राम्रो फाइदा होला भनेर”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी फाइदा रक्तचन्दन, श्रीखण्ड र अगरउडमा देखे त्यसपछि यसको अध्यनमा लागे ।”

उहाँले छ महिना रक्तचन्दन, श्रीखण्ड र अगरउड फाइदा देखेपछि उहाँ भारतको बेङ्गोलर गएर तालिमसँगै यस खेतीको अवलोकन गर्नुभयो । “भारतको बेङ्गलोरमा दुई हप्ताको तालिम लिए त्यहाँ यसबारेमा धेरै कुरा सिके”, उहाँले भन्नुभयो, “त्यहाँ मैले विभिन्न फार्ममा अवलोकन पनि गरे त्यहीबाट बीउ ल्याएर नर्सरी तयार गरेर बिरुवा उत्पादनमा लागे ।”

सुरुआतमा आठ कट्ठा जमिन भाडामा लिएर करिब तीन लाखको लगानीमा खेती सुरु गरे अहिले उहाँले सेती विस्तार गर्दै थप एक बिघा जमिन भाडामा लिएर बिरुवा उत्पादनमा लाग्नुभएको छ । “यो खेती गर्न सजिलो र फाइदा पनि छ खेतका आली र घर आगनमासमेत रोप्न सकिन्छ”, उहाँले भन्नुभयो, “रक्तचन्दनको बिरुवा १८ वर्षमा तयार हुन्छ ।” उहाँले आयस्तर वृद्धिसँगै विदेशसँगको व्यापारघाटा कम गर्न पनि यो खेती गर्न जरुरी रहेको बताउनुभयो ।

छ वर्षअघि रोपेका चार सय रक्तचन्दन र श्रीखण्ड लगाए अहिले हुर्किरहेको उहाँले बताउनुभयो । “सुरुमा यहाँको हावापानीमा हुन्छ कि हँुदैन भन्ने डर थियो अहिले राम्रो भएर बिरुवा हुर्किरहेका छन्”, उहाँले भन्नुभयो, “यहाँको हावापानीमा पनि राम्रो हुने देखेपछि थप एक बिघा भाडामा लिएर खेती विस्तार गरेको छु ।”

उहाँले रक्तचन्दन र श्रीखण्डसँगै अगरउडका बिरुवा पनि रोप्नुभएको छ । अहिले उहाँले आफ्नै नर्सरीसमेत स्थापना गरेर मनग्य आम्दानी गरिरहेको बताउनुभयो । उहाँले सिजनमा ३० हजार बिरुवा उत्पादन हुने गरेको बताउनुभयो । “रक्तचन्दन, श्रीखण्ड र अगरउड औषधीय गुण भएका बहुमूल्य वनस्पति हुन्”, उहाँले भन्नुभयो, “धार्मिकरूपमा समेत यिनको महत्वपूर्ण मान्यता छ अन्तर्राष्ट्रिय बजारमा यो धेरै महँगो छ ।”

हरेक धर्मका व्यक्तिले पूजाआजादेखि आफ्ना मठ मन्दिरमा रक्तचन्दनदेखि श्रीखण्ड चढाउने गर्छन् । “रक्तचन्दन र श्रीखण्डको नेपालमा माग कम छ भारतमा यसको प्रतिकिलोग्राम पाँच हजारभन्दा बढीमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च छ  चीनमा प्रतिकिलोग्राम १८ देखि ३४ हजारसम्म बिक्री भइरहेको छ ।” उहाँले यसको प्रमुख बजार चीन रहेको बताउनुभयो ।

उहाँले रक्तचन्दनको बिरुवा रोपेको १८ वर्षमा तयार हुने बताउनुभयो । एक बिरुवाको तौल तीनदेखि पाँच क्विन्टलसम्म हुने र यसको प्रयोग विभिन्न किसिमका आयुर्वेदिक औषधि निर्माण, महँगा फर्निचर निर्माण, विभिन्न कसिमका खानाका परिकारमा समेत यसको प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।

“एक बिरुवाबाट जतिसुकै खराब उत्पादन भए पनि १८ वर्षमा दुई लाखभन्दा बढी आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “श्रीखण्डको डाँठ र जराबाट बहुमूल्य तेल उत्पादन हुन्छ जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर रु चार लाखसम्म बिक्री हुन्छ ।”

उहाँले तेल निकालेर बाँकी रहेको काठबाट अगरबत्ती, धुप र साबुनलगायत निर्माणमा पनि काम लाग्ने बताउनुभयो । उहाँका अनुसार यो परजीवी भएकाले यसले अर्को बिरुवाको जराबाट आफ्ना लागि आवश्यक तत्व लिने गर्छ । “यो परजीवी भएका कारणले श्रीखण्डको छेउमै फलफूल तथा अन्य बिरुवा पनि रोप्नुपर्छ”, उहाँले भन्नुभयो, “श्रीखण्डको काठ नेपालमा प्रतिकिलो तीन हजार ५०० देखि चार हजार ५००सम्म बिक्री हुन्छ ।” उहाँले यसमा तीन खेती सँगै गर्न सकिने जानकारी दिनुभयो ।

उहाँले सरकारले नीतिगतरूपमै यसको व्यावसायिक खेतीका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । साबुन, धुप, तेल तथा धार्मिक कार्यका लागि श्रीखण्ड र रक्त चन्दनको माग बढ्दै गएकाले औषधिजन्य बिरुवाका रूपमा यसको खेती गरे अर्थतन्त्रमा समेत टेवा पुग्ने जनाइएको छ ।

चीनमा यसको व्यापार बढ्दै गएकाले श्रीखण्ड र रक्तचन्दनको खेती व्यावसायिकरूपमा खेती गरिएको उहाँले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।