खुट्टाकै सहाराले लेखेर साहित्यकार बन्ने यमको सपना

मध्यविन्दु (नवलपरासीपूर्व), ८ असोज । नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ बोल्न र हातले केही पनि गर्न सक्नुहुन्न । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्नुहुन्छ ।

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उहाँ जस्तै बन्ने छ । पच्चिस वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उहाँले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ । उहाँका बुबा मनबहादुर खाम्चा भन्नुहुन्छ, “कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।”

अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उहाँले कक्षा १२ कक्षा उत्तिर्ण गर्नुभएको छ । अब उहाँ उच्चशिक्षा हासिल गर्ने सुरसारमा हुनुहुन्छ । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उहाँ भन्नुहुन्छ “छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका–१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका–३ मा बसाइँ सरी आएको हो ।”

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढ्नुभएका उहाँले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसक्नु भएको छ । “अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने”, उहाँले भन्नुभयो । अवस्था सहज भने छैन । उहाँ परिवारको चार सन्तानमध्ये माइलो हुनुहुन्छ । आठ वर्षसम्म ओछ्यानमा बिताउनुभएका यमले आफ्नो आवाज अरूसामु पु¥याएको देख्दा आमा योगमाया औधी खुसी हुनुहुन्छ ।

योगमाया भन्नुहुन्छ, “मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भए, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने ?।” छोराको भविष्य सम्ँिझदै आँसु पुछ्दै उहाँले भन्नुभयो, “छोराको भविष्यको चिन्ताले सधँै सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।