धनकुटाको पहिचान र अस्तित्वको लागि सवैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने : पूर्व मन्त्री सुनिल वहादुर थापा
धनकुटा । धनकुटा-काठमाण्डौ समाजले दशै-तिहार,छठ,उधौली र नेपाल सम्वतको अवसरमा राष्ट्रिय नाचघर काठमाण्डौमा शूभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समिति सदस्य तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले धनकुटाको पहिचान र अस्तित्वको लागि सवै आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा वरिष्ठ समाजसेवी राजेन्द्र वहादुर प्रधान,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,क्षेत्रिय सभापति राजन पौडेल,धनकुटा— काठमाण्डौ सम्र्पक समितिका सभापति भिम वहादुर थापा,समाजसेवी कुमार थापा,डम्वर थापा,पत्रकार महासंघ १ नं प्रदेशका अध्यक्ष लिला वल्लभ घिमिरे ,मदन घिमिरे,बिनोद विष्ट लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वरिष्ठ गायक तुलशी पराजुली,कृष्ण भक्त राई,कलाकार दिपक आर्चाय,पवन खतिवडा, पवन राई,राजन राई, श्रेर्या राई,लिला राई,नन्दु राई,अमित परियार लगायतले गित गाएर मनोरञ्जन दिएका थिए ।
धनकुटा— काठमाण्डौ सास्कृतिक समाजका अध्यक्ष कर्ण वहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेको समाजका कोषाध्यक्ष विमला आठपहरिया राईले वताउनु भयो ।


पोखराको रामघाटमा सेतीगण्डकी महाआरती
गण्डकी, ९ असोज (रासस)ःसांस्कृतिक युवा मञ्च नेपालद्वारा रामघाटमा प्रत्येक महिनाको शनिबार माता सेतीगण्डकी दिव्य महाआरती सञ्चालन गर्दै आएको छ । बालुवा बोकेर दैनिकी चलाउने मजदुर र शव दाहसंस्कार गर्नेहरूले व्यस्त देखिने पोखराको मध्यभागमा अवस्थित उक्त घाटमा प्रत्येक शनिबार पितृ उद्धार एवं सुख, शान्तिको कामनासहित सन्ध्या महाआरती सञ्चालन गरिँदै आएको छ ।
तीन जना पण्डितद्वारा गरिने गरिने सन्ध्याआरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछीघागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने सांस्कृतिक युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।
सङ्गीतमयरूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा ५४ वटा बत्ती रहने बताउँदै उहाँले भन्नुभयो, साँझमा सञ्चालन गरिने आरतीमा दिनप्रतिदिन भक्तजनहरूको सहभागिता बढ्दै गएको छ ।
समाजसेवी रामप्रसाद बतास र श्रीमती सेतीमाया बतासद्वारा पितृ उद्धारका लागि दुई लाख ५० हजारको आर्थिक सहयोगबाट आरती सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । प्रतिदिन आरती सञ्चालनमा रु आठ हजार खर्च हुने गरेको छ । जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष तथा मञ्चका सल्लाहकार भक्तराज श्रेष्ठका अनुसार दिनभरिको तनाव मुक्तिका लागि आरती महत्वपूर्ण आधार बन्ने गरेको बताउँदै यस्ता गतिविधिले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्दछ ।
पशुपतिनाथको महाआरतीको झझल्को दिने गरी सुगन्ध र सङ्गीतमयरूपमा सञ्चालन हुने आरती विसं २०७५ असोज २४ घटस्थापनका दिनदेखि पोखरामा भित्रिएको हो । पहिलोपटक फेवातालको किनारास्थित तालबाराहीघाटबाट सुरु भएको आरती पछिल्लो समय रामघाटसहित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर, बेगनासताललगायत विभिन्न धार्मिक क्षेत्रमा सञ्चालन गरिसकिएको छ ।


