माैसमी बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

खड्क सुनार/मुगु, १० असोज । मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागीतामा आइतबार र साेमबार विशेष चहलपहलका साथ बजार अनुगमन भएकाे छ ।

वर्षैभरि चुपचाप बस्ने यि निकाय चाडबाड लागेपछि बजार अनुगमनमा निस्किएपछि उपभाेक्ता र व्यापारीहरूले भने व्यङ्ग्य गरेका छन् । तर, प्रशासनले भने दसैँ, तिहार, छठ जस्ता पर्वमा उपभाेक्ता नठगिउन भनेर अनुगमन गरेकाे दाबी गरेकाे छ ।

अनुगमनका क्रममा लाखौँ मूल्य बराबरको म्याद सकिएको खाद्यान्न फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेकाे हाे । बरामद सामान नष्ट गरिएको छ । पेय पदार्थ, चक्लेट, हर्लिक्स, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेकाे अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला सबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच गरेको थियो ।

टाेलीले यहाँका निजी औषधि पसलमा पनि अनुगमन गरेकाे थियाे । साना तथा ठुला पसलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णबहादुर बोहोराले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूपबहादुर मल्लले सरोकारवाला निकायले अनुगमनमा तीन–तीन महिनामा गरिनुपर्ने बताए । अनुगमनमा बजारका करिब दुईदर्जन भन्दा बढी पसलमा अनुगमन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।