सल्यान दुर्घटनामा ८ को मृ’त्यु, मृतकको परिचय खुल्यो

सुर्खेत, १२ असोज । सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृ’त्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मुलपानीमा आज बिहान साढे तीन बजे बाँके कोहलपुरबाट कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहरा, शोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली रहेका छन् । घाइते ओलीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ९ जना सवार रहेको र जिप अनियन्त्रित भइ सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।