बालविवाह न्यूनिकरण गर्न साझा अभियान चलाइदै

जुम्ला, १२ असोज । जुम्लामा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनिकरणका लागि साझा अभियान चलाइने भएको छ । बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले यस्तो अभियान चलाउन लागेका हुन् ।

यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सहकार्यका लागि लुज फोरमको समेत गठन गरेका छन् ।जसमा पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी, सिएमसी र सांग्रिला एशोसियसनलगायतका संस्थाले वालविवाहविरुद्ध साझा अभियान शुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए । उनका अनुसार कर्णाली प्रदेशमा कार्यरत २५ संस्थाको भेलाले अभियान सुरू भइसकेकाे छ ।

अभियानका संयोजक चेतन गिरीका अनुसार कर्णालीमा बालविवाहकाे दर घटेन भन्ने छ तर यसको एकिन तथ्यांक छैन । संस्थाहरूको साझा अभियानले यस विषयमा समन्वय गर्न सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमूनाको रुपमा काम गर्ने भएको छ । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत जोडेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।