दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत फागुनमा विराटनगर स्थित विराट नर्सिङ होममा ल्याएर चेकजाँच गर्दा उनको दुबै मिर्गौला फेल भएको थाहा भयो । राजुकी आमा सितादेवी खत्रीले भनिन्, ‘दुई वटै मिर्गौला एकै पटक फेल भएको रिपोर्ट आयो ।’

नर्सिङ होममा चेक गराएपछि राजुलाई केही समय बूढीगंगा स्थित विराट टिचिङ अस्पतालमा राखिएको उनले बताइन् । त्यहाँबाट फेरी काठमाण्डौं स्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई महिना राखिएको उनले बताइन् ।

अहिले फेरी विराट टिचिङ अस्पतालमा नै उपचार भइरहेको उनले बताइन् । अहिलेसम्म ४० पटक भन्दा बढी डाइलासिस गरिसकेको उनको भनाइ छ । मृर्गौला प्रत्यारोपण गर्न धेरै रकम लाग्छ, उनले भनिन्, ‘औषधी खर्च जुटाउन पनि समस्या भइसकेको छ ।’

इच्छुकले प्राइम कमर्सीयल बैंकमा रहेको खाता नं. १०५००१११PD अथवा ९८१६०४२२२९ र ९८२४०३००९८ मा समपर्क गरेर पनि सहयोग गर्न सक्ने उनले बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।