बज्न छोड्यो गाउँबस्तीमा ढोल (नगारा)

धनुषा, १५ असोज । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । दसैँ सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगारा) बज्न छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन् ।

“गाम घरमें आब न ढोल बजैय” (गाउँघरमा अब ढोल बज्न छोडेछ) धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ७६ वर्षीया गीतादेवी झा भन्नुहुन्छ, “दशहारा पावैन आयल बुझाइए न रहल अई” (दसैँ पर्व लागेजस्तो नै बुझिन्न) । दसैँ सुरु भएको पाँच दिन भइसक्दा बस्तीमा ढोल बजेको सुन्न नपाइएको झाको भनाइ छ ।

जनकपुरधामसहित मिथिलाञ्चलमा नवरात्र सुरु भएसँगै बस्तीमा ‘दसैँ के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल बज्न छाडिएपछि गीता देवीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन् । “बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैंय जे आब हमर कि पहिचान रहतल ?” (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?) धनुषा कै क्षीरेश्वरनाथ नगरपालिकाका पूर्व शिक्षक ७२ वर्षीय लालबाबु झाले भन्नुभयो ।

घटस्थापना कै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैँ के ढोल’ भनेर कराउँदै हिँड्दा स–साना नानी उहाँका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्य कथा जस्तै भएको बूढापाका बताउनुहुन्छ । गाउँ नगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याइँले हिँडडुल गर्न छोडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैँको ढोल बज्न छाडेको हो । “करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजाव नइ चाहैय है, कि करु ?” (के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ ?) क्षीरेश्वरनाथ–७ हरिहरपुर चमारटोलका ७५ वर्षीय चमार समुदायका अगुवा भरोसी महरा चमारले भन्नुभयो । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अरब, कतार, मलेसियाजस्ता खाडीमुलुक जान थालेपछि पुख्र्याैली रीतिथिति र पेसा थाम्न छाडेको ओझलिएको चमार जातिका पाका उमेरका अगुवाहरु बताउनुहुन्छ ।

मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले लोकसंस्कृतिको अभिन्न अङ्ग मानिने यस्ता परम्परा अब लोप हुने अवस्थामा पुगेको बताउँँदै उहाँले भन्नुभयो, “पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । यो अभिभारा अब नयाँ पुस्ताले उठाउनुपर्ने र स्थानीय सरकारले यसको संरक्षण सम्वद्र्धनमा लाग्नुपर्ने आवश्यकता छ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।