सञ्जीव र सञ्जीत सम्मानित

काठमाडौँ, १५ असोज । मनमैंजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वल्र्ड मार्सल आट्र्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सञ्जीतकुमार राईलाई आज सम्मान गरेको छ ।उक्त स्कुलले विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा दुवैलाई सम्मान गरेको हो ।

तार्केश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामा तथा प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उक्त स्कुलका संस्थापक एवं प्रमुख प्रशिक्षक रमेश महर्जनलगायतले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा नगरप्रमुख महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिने र यस्ता योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा सञ्जीवले स्वर्ण पदक जित्नुभएको थियो । उहाँले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनिमा कांस्य पदक हात पानुभएको थियो ।

त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सञ्जीतले चाइनिज क्रिएटिभमा स्वर्ण तथा ट्रेडिसनल फम्समा कांस्य पदक जित्नुभएको थियो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।