झापामा सन्थाल नृत्य सुरु

झापा, १६ असोज । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।

सोही क्रममा आज कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई सन्थाल मेला’ सञ्चालन भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको मेलामा जिल्लाभरका सन्थाल समुदायको उपस्थिति रहेको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष फूलपातीका दिन आयोजना गर्दै आएको मेलामा यस वर्ष नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा झापा र मोरङका गरी १८ वटा टिमले लोप हुन लागेको सन्थाल नृत्य प्रस्तुत गरेका छन् ।

दसैँको रमझमसँगै पूर्वी तराईमा सन्थालहरु मुरली, झ्याम्टा र ढोल बोकेर नाच्दै रमाउन थालेका छन् । जिल्लाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली, लखनपुरलगायतका क्षेत्रमा सन्थाल समुदायको बाक्लो बसोबास छ ।

सन्थाल नृत्य गर्दा सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाउँछन् ।

दसैँमा ‘दुर्गा पूजा’ पनि बडो धुमधामका साथ मनाउने उनीहरुले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा पनि नृत्य प्रदर्शन गरेका छन् । आजकै दिनदेखि उनीहरुटोली–टोली मिलेर देउसी खेले जस्तै दसैँ गीत गाउँदै र नाच्दै रमाइलो गर्दै गाउँगाउँ हिँड्छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।