जुम्लाको पुराना संस्कृति: घोडादौड प्रतियोगिता

दिलमाया शाही/जुम्ला, १७ असोज । जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ । सोही गाउँका शंकर रोकाया दोस्रो र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन् । त्यस्तै, घोडा दौड प्रतियोगिता यो जुम्लाको पुराना संस्कृति हो । हरेक वर्ष दसैंको फुलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो । यसअघि जुम्लाको विमानस्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो ।

२०५६÷०६७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो । तर, केही वर्षयतादेखि कर्णाली स्पोर्टस क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली संंस्कृतिलाई जगेर्ना गर्दै आएको छ । यस वर्षको फुलपातीकै दिन छैंटौं पटक घोडा दौड प्रतियोगिता गरिएको हो । घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरुस्कार प्रदान गरिएको छ ।

त्यस्तै, पालिततर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी दोस्रो र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतीय भएका छन् ।

कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत दोस्रो र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहरा तेस्रो भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए ।
तीन वटै विधामा प्रथमलाई पाँच हजार द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार पुरुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लवका सहसचिव धनराज सुनारले बताए ।

पछिल्लो समयमा घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास ठ्याक्कै थाहा छैन । तर, यसअघि जुम्ला विमानस्थल पिच हुनुभन्दा अगाडि विमानस्थलमै घोडा दौड हुन्थ्यो ।’ विमानस्थल पिच भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ । यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागीता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।