मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

कञ्चनपुर, १८ असोज । दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन् । सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पँैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ ।

सखिया नृत्यमा पहिलेको तुलनामा परिवर्तन भएको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु अगुवा बसन्त चौधरीले बताउनुभयो । “पहिला जस्तो सखिया नृत्यमा सहभागी हुने महिलाले खोट पैँया लगाउँदैनन्”् उहाँले भन्नुभयो, “बदलिँदो परिवेशसँगै आधुनिक शैलीमा नृत्यलाई प्रस्तुत गर्ने गरिन्छ, यस कार्यले थारु समुदायको मौलिक संस्कृतिमा परिवर्तन ल्याएको छ ।”

गीत आधुनिक शैलीमै गाइन्छ । शरीरलाई विभिन्न आकारमा मोडेर देखाइने खोट पैँया पनि आधुनिक नै छ । पुरानो तरिकाले देखाइने धेरै कुरामा परिवर्तन भएको छ । दसैँ अघिदेखि एक महिनासम्म देखाउनुपर्ने सखिया नृत्य सातदेखि दश दिनमै टुङग््याइने गरिएको चौधरीले बताउनुभयो ।

“पहिला एक महिनासम्म पनि गीत सकिँदैनथ्यो” परदेशी डगौराले भन्नुभयो, “गीत पूरा गर्नका लागि महिलाले एक महिनापछिसम्म पनि नृत्य देखाउनु पर्दथ्यो, दसँैं सकिए पनि नृत्य जारी नै रहन्थ्यो ।” मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीले दसँैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट प्रेरित रहेको उहाँ बताउनुहुन्छ ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ । यस नृत्यमा थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ । थारु समुदायले कृष्णजन्माष्टमीको दिनदेखि सखिया नृत्यको सुरुआत गरेर दसैँसम्म निरन्तरता दिने गर्दछन् । तर, आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना हँुदै आएको छ । थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ ।

गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन छ । सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक–फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको थारु गाउँ जोनापुरका वडघर रामप्रसाद चौधरीले बताउनुभयो ।

नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहिया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवती नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट (पैँया) भनिन्छ ।
थारु अगुवा दानसिंह दहितले भन्नुभयो, “पैँया २२ प्रकारको हुने भए पनि हाल मदारिले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुनसक्छ ।”

यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवती खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित् स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ । अष्टमीको रात आयोजना गरिने नृत्यलाई ‘भेडुवा जगैना’ भन्ने गरिन्छ । पञ्चमी अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारिले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् ।

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि राति नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।

गीतमा कृष्णको जन्मदेखि राधिकासँगको रासलीला तथा कङ्स बध गरिएको प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दसैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।