असई यादव भारतीय भूमिमा मृ’त फेला

सप्तरी,२१ असोज । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृ’त फेला परेका छन् ।

असई सत्यनारायण यादव सिमावर्ती विहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा मृ’त भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।

‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ । शवको टाउकोमा चोट देखिएको छ । आजबाट थप अनुसन्धान थाल्ने उनको भनाइ रहेको छ ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए । उनले नेपाल प्रहरीको अनुसन्धानपछि सत्य तथ्य जानकारीमा आउने बताए । सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।