पर्यटकीय गन्तव्य काउलेपानी

लमजुङ, २३ असोज । नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ३ स्थित गाउँसहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ । नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियानअन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो । नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरणमैत्री घोषित गरिएको छ ।

होमस्टे रहेका घरमा चिटिक्क परेका सफा बेडरुम (सुत्नेकोठा), शौचालय, बाथरुम, पानीधारा, ऐना, टाबेल, साबुनलगायत आवश्यक सबै सामान राखिएका छन् । त्यस्तै, खानपिनमा पनि उनीहरु सचेत छन् ।

काउलेपानी पुगेपछि आर्गा्निक खानाको साथमा लोकल कुखुरा, गुन्द्रुकको अचार, सिस्नुको खोले, कोदाको रोटी, दूधदही अनि लोकल रक्सी खान पाइन्छ । भव्य स्वागत सत्कारसहित बेलुकाको खाजा, खाना, क्याम्प फायरसहितको सांस्कृतिक कार्यक्रम, सुत्ने र बिहानको नास्तासहित प्रतिव्यक्ति एकहजारको हाराहारीमा काउलेपानीसँग साइनो जोड्न सकिन्छ ।

यस क्षेत्रमा असारको महिनामा धान रोपाई, साउनमा कोदो रोपाई, भदौमा नेवाः समुदायको जात्रा, असोजमा रोटेपिङ, कार्तिकमा कटुस, मंसिरमा धानको दाँइ, पुसमा कोदो कुट्ने, माघमा बन तरुल खन्ने, फागुनमा गुराँस टिप्ने, चैत र वैशाखमा काफल र ऐसेलु टिप्ने, र जेठ महिनामा चुत्रो टिप्ने जस्ता दर्जन बढि प्याकेजमा पर्यटकहरुलाई काउलेपानी पठाउन सकिन्छ ।

इतिहास

शाहवंशीय राज्य उदय भएको लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी काउलेपानी होमस्टे नजिकै रहेको छ । १५औँ शताब्दीको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवी मन्दिर, कोट, किल्ला, गढीलगायतका इतिहास बोकेका स्थलहरु यहाँका अमुल्य निधि हुन् ।

प्राकृतिक सौन्दर्य

यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत हिमशृङ्खलाको कोठाबाटै अवलोकन गर्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी मन्दिर, लमजुङका विभिन्न किल्ला काउलेपानीको आकर्षण हो । यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर देख्न सकिन्छ भने चरीबाघ पनि यहाँ पाइन्छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

पर्यटन प्रर्वद्धन

ऐतिहासिक स्थल गाउँसहरस्थित काउलेपानी होमस्टेलाई नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएपछि विदेशी पर्यटकको आगमन समेत वृद्धि हुँदै गएको छ । सन् २०११ देखि होमस्टे सञ्चालन भएको काउलेपानी सन् २०१४ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटो)होमस्टे गाउँ घोषणा गरेको थियो । सरकारले घुमफिर वर्षका रुपमा घोषणा गरेको १० वटा घुम्नै पर्ने ठाउँको रुपमा काउलेपानी पनि समावेश छ । काउलेपानी यहाँबाट १८० डिग्रीको विन्दुबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङ लगायत गरी १४ वटा हिमश्रङखला देख्न सकिन्छ ।

लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरबाट मोटरमा करिव ७ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी गाउँ समुन्द्री सतहदेखि १६०० मिटर उचाइमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।