वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा

ढोरपाटन, २५ असोज । बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत क्षति पु¥याएको हो ।

गाउँपालिका–२ काखगेन्द्रबहादुर सुनारले भन्नुभयो,“लगातारको वर्षाले पसाउन थालेको धानबाली सबै सोत्तर परेर ढलेको छ, अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ, खेतभरी धानढलेको देख्दा मन भतभति पोल्छ, सिमी, बोडी र भट्टमास त्यसै कुहिएको छ ।”

धानको बीउसमेत नरहने गरी पानीले सोत्तर बनाइदिएको उहाँको भनाइ छ । सुनारले आफूले करिब १७ मुरी फल्ने खेतमा धान लगाएको भन्दै पानीका कारण १४ मुरी धान नष्ट भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसपाली धान निकै सप्रिएको थियो, अघिल्लो वर्षमा १७ मुरी धान भित्राउने गर्थे, यसपाली बढेर २० मुरी हुने अनुमान थियो ।”

अर्का स्थानीयवासी मीनबहादुर खत्रीले यसपाली बेमौसमी वर्षाले निकै ठूलो समस्यामा पारेको बताउनुभयो । उहाँले वर्षाका कारण १० मुरी धान नोक्सान भएको बताउनुहुन्छ । “ बर्खाभरी दुःख गरेर धान लगाइयो, फल्ने बेला सबै ढल्यो” उहाँले भन्नुभयो “गाउँका धेरै किसानको धान ढलेको छ, यो वर्षा भोकमरी लाग्न सक्छ ।”

गाउँपालिकाको सबैभन्दा बढी धान फल्ने क्षेत्र वडा नं १ को बायखोला, २ को काल्नेचौर, वडा नं ३ को बोहरा गाउँ, फाँट र वडा नं ४ को रुपौटेफाँट, स्वाराँफाँट हुन् । यी फाँटका अधिकांश खेतमा धान ढलेका छन् । २० वर्षपछि यस क्षेत्रमा अहिले यति धेरै धानबालीमा क्षति पुगेको स्थानीयवासी कृष्णघर्ती मगरले बताउनुभयो । उहाँले आफ्नो करिब ६० प्रतिशत धानबाली नष्ट भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“हरेक वर्ष धान उत्पादन राम्रो हुँदै गएको थियो, यसवर्ष पनि धान निकै राम्रो भएको थियो, के गर्नु पसाउने बेला वर्षाले सबै नोक्सान गरिदियो, धान ढलेपछि हाम्रो जीउमा घामनै लागेको छैन ।”

कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले प्रारम्भिक प्रतिवेदन अनुसार बागलुङमा यसवर्ष पाँचप्रतिशत धानबाली नोक्सानी भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अझै वर्षा भयो बने ६० प्रतिशत धान नोक्सान हुनसक्ने उहाँको भनाइ छ ।

नोक्सानी व्यहोरेका किसानले विवरण कृषिज्ञान केन्द्रमा पठाएपछि राहतको लागि आफूहरुले मन्त्रालयमा सिफारिस गर्ने बताउनुभयो । किसानले क्षतिको विवरण पठाउँदा अघिल्लो वर्ष राहत पाउन नसकेको उहाँले बताउनुभयो । “यसवर्ष लामो वर्षा भयो, वर्षाका कारण धानबालीमा असर पुगेको छ, अहिलेसम्म हाम्रो प्रारम्भिक रिपोर्टका आधारमा हेर्दा पाँच प्रतिशत धानबाली नोक्सानी भएको अनुमान गरेका छौँ”, प्रमुख भट्टराईले भन्नुभयो “गतवर्ष जिल्लाभरी रु एक करोड सत्र लाख बराबरको क्षति भएको थयो, राहतका लागि मन्त्रालयमा क्षति विवरण पठायौँ तर किसानले अहिलेसम्म राहत पाउनु भएन ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।