पहिरोपछि ४१ दलित परिवार विद्यालयमा

अर्घाखाँची, २७ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन् । उनीहरु हाल विद्यालयमा बसेका छन् ।

पहिरोको उच्च जोखिमका कारण विस्थापित बनेका ४१ दलित परिवारका एक सय ६१ जना विस्थापित बनेका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो । उनीहरुलाई स्थानीय चन्द्र प्रभा माध्यमिक विद्यालयको भवनमा राखिएको छ । चार गर्भवती र चार सुत्केरीसमेत विद्यालयमा बसेका छन् ।

गाउँका केही घर पहिराले भत्किएका छन् । केही घर उच्च जोखिममा छन् । सिङ्गो गाउँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो ।

विद्यालयमा बसेका पहिरो पीडितलाई उद्योग वाणिज्य सङ्घ र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ । उद्योग वाणिज्य सङ्घ अर्घाखाँचीले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री पहिरो पीडितलाई हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घका महासचिव तुल्सी खनालले बताउनुभयो । पहिरोमा परेर घर गुमाएका भुजुंगेका दलित परिवारलाई २० थान कम्मल र २० थान म्याट प्रदान गरेको नेपाल रेडक्रस सोसाइटीका अर्घाखाँची शाखाका सभापति कुशल भुसालले जानकारी दिनुभयो ।

अर्घाखाँचीमा अविरल वर्षाका कारण खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । एक बालक खोलाले बगाएर बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । पहिरोले अर्घाखाँची जिल्लामा एक सय ११ परिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालय, आफन्तको घर तथा सार्वजनिक स्थानमा बसोबासको व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।