बाढीपहिरोले १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

मान्म, २८ असोज । कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ ।

विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताउनुभयो । “विष्ट परिवारका चार जनाको शव भेटिएको छ”, उहाँले भन्नुभयो, “पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ जनाको मात्र शव भेटिएको छ ।” तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिनुभयो । (रासस)

कञ्चनपुका किसानलाई धान काट्न चटारो
कञ्चनपुर, २८ असोज (रासस) ःशुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उहाँ निकै चिन्तित हुनुहुन्छ ।

“लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उहाँले भन्नुभयो, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”

धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उहाँले बताउनुभयो । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताउनुभयो ।

“धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ”, उहाँले भन्नुभयो ।

“किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्”, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भन्नुभयो, “ काम गर्नेलाई मात्रै मत हाल्छौँ ।”

प्रतिनिधिसभा र प्रदेशसभामा पुगेर दरोरुपमा किसानका मुद्दा उठान गरी नीति बनाउन हैशियत राख्ने उम्मेदवारले मत पाउने उहाँको भनाइ छ । “विगतका चुनावमा किसानका मुद्दालाई निकै उठाइयो, राजनीतिक दलले चुनावी प्रतिबद्धतापत्रमा पनि ती कुरा उल्लेख गरे, काम गरेनन्”, करन धामीले भन्नुभयो, “यसपटक पार्टीलाई हेर्दैनौँ, काम गर्ने उम्मेदवारलाई हेर्छांै ।”

“कृषिउपज बजारसम्म पु¥याउनका लागि गतिलो सडक नै छैन, विगतका चुनावमा मत माग्न आउने उम्मेदवारलाई समक्ष यस कुरालाई निकै जोडतोडका साथ उठाएका हौँ”, बेलौरीका किसान अशोक चौधरीले भन्नुभयो, “स्तरोन्नतिसमेत हुन सकेको छैन, सडक कालोपत्र गर्ने, उत्पादित कृषिजन्य वस्तुको बजार प्रवद्र्धनका लागि व्यवस्था गर्ने, कोल्डस्टोर स्थापना गर्नेलाई मत हाल्छौँ ।” उत्पादित कृषिजन्य वस्तुको बजार नपाउँदा निकै सस्तोमा बेच्नुपर्ने भएकाले सहजरुपमा किसानले मूल्य पाउनेगरी बजारको व्यवस्थाको माग गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकासनसँगै चुनाव चिन्ह पाएपछि उम्मेदवार चुनावी प्रचारमा जुटेका छन् । उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि रणनीति तयार गर्ने, पार्टी कार्यकर्तासँग छलफल गर्ने कार्य पूरा गरेका छन् । प्रचारप्रसारका लागि मतदाताको घरदैलोमा पुग्नेक्रम सुरु भएको छ । जिल्लाका किसानले उम्मेदवारको प्रतिबद्धतापत्र मात्रै नहेरेर कार्य गर्ने हैशियत राख्ने उम्मेदवारलाई मत हाल्ने मनसाय जाहेर गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।