गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउने

गौरादह, २९ असोज । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ ।

नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस भनेर यो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो ।

यस्तै नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाअन्र्तगत ५५ महिलाले अस्पतालसम्म पुग्न यो सेवा लिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । यस्तै गौरादह नगर अस्पतालसमेत नगरपालिकाले सञ्चालन गरेको छ । पन्ध्र बेडको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ । (रासस)

रासायनिक मल उद्योगका लागि जग्गाको अवलोकन
हेटौंडा, २९ असोज(रासस) :बाग्मती प्रदेश सरकारको पहलमा रु ७८ अरबदेखि एक खर्बसम्मको लागत अनुमान रहेको रसायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा जग्गा हेरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उद्योग तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ र लगानी कम्पनी थाईल्याण्डको मछाडा ईन्टरनेशनलकी कार्यकारी प्रमुख पोलिथकलम्फेच थमाचाट्मानखोल(तुक्ता) लाई गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले उद्योगलाई उपयुक्त हुने जग्गा देखाउनुभएको हो ।

जग्गा खोजीकार्यसँगै उद्योगले निर्माण र सञ्चालनको अनुमति पाएको डेढ वर्षभित्र उत्पादन सुरु गरिने लगानी कम्पनीले जनाएको छ । दुई लाख मेट्रिकटन उत्पादन लक्ष्य राखेको उद्योगले दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिने जनाइएको छ । पानीबाट एमोनिया ग्याँस छुट्याएर युरिया फर्ममा लैजाने प्रविधिको उक्त उद्योगका लागि कच्चा पदार्थ आयात गर्न नपर्ने कम्पनीकी कार्यकारी प्रमुख तुक्ताको भनाइ रहेको छ ।

व्यासायिकभन्दा पनि धार्मिकरुपले नेपालसँग जोडिएको बताउदै तुक्ताले बुद्धको जन्मभुमीमा बसेर काम गर्न चाहेकाले उक्त प्रस्तावसहित नेपाल आउँदा स्वागत पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले हरिहरपुरगढी पुगेर लगभग जग्गा खोजीकार्य टुङ्गिएको र अब सरकारले अनुमति दिएमा काम अगाडी बढाउने जनाउनुभयो ।

उक्त कम्पनीको नेपालतर्फका कर्मचारी राकेश महर्जनले नेपालमा रासायनिक मलको समस्या भएकाले पनि उक्त कम्पनीले चासो देखाएको बताउनुभयो । पानी र बिजुलीबाहेक अन्य कच्चा पदार्थ नचाहिने कारण नै नेपाल उक्त उद्योगका लागि उपयुक्त स्थान रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले नेपालमा मलको समस्याका कारण कृषिमा लक्ष्य प्राप्त गर्न नसकेकाले उक्त कम्पनीलाई नेपालमा मल उत्पादन गर्ने वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । लगानीका हिसाबले नेपाल सरकारलाई समस्या हुने कारण मल उद्योग नेपाल सरकारले सञ्चालन गर्न नसकेको उहाँको भनाइ छ । मल उद्योग सञ्चालनमा आँउदा मलमात्र नभएर रोजगारी सृजना हुने कारणले पनि आफु उत्साहित भएको उहाँले जनाउनुभयो ।

त्यसैगरी प्रदेशका उद्योग तथा आपूर्तिमन्त्री श्रेष्ठले उक्त उद्योगले उद्योग खोलिने स्थानको समेत विकास गर्ने जनाउनुभयो । प्रदेश सरकारले आफै सञ्चालन गर्न सक्ने वा अनुदान ऋण लगानी गर्न सक्ने बजेट नभएका कारण विदेशी कम्पनीलाई भए पनि उत्पादन गर्न दिएर आवश्यक्ता पुरा गर्न प्रदेश सरकार लागिपरेको उहाँको भनाइ छ ।

हरिहरपुरगढीमा उक्त उद्योग सञ्चालनमा आएमा स्थानीयको जिवनस्तर माथि उठ्ने पालिका अध्यक्ष वाइबाले बताउनुभयो । उक्त उद्योगले गाउँपालिकाको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा मनपराएको कारण स्थानियका तर्फबाट भरपुर सहयोग रहने उहाँको भनाइ छ ।

प्रस्तावित औद्योगिक क्षेत्रका लागि गाउँपालिकाले एक स्थानमा दुई सय २० बिगाहा र अर्को स्थानमा दुई सय ४० बिगाहा गरी जम्मा दुई स्थानमा तीन सय ६० बिगाहा जग्गा छुट्याएको र हालसम्म उक्त स्थानमा उद्योग नरहेको बताइएको छ । उद्योग सञ्चालनपछि दुई सयले प्रत्यक्ष र हजारौंले अप्रत्यक्ष लाभ लिनसक्ने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।