तेह्रथुमको फेदाप क्षेत्रमा पर्ने पाेक्लवाङमा लिम्बुवान मेला लाग्ने

तेह्रथुम । तेह्रथुमको फेदाप क्षेत्रमा पर्ने पाेक्लवाङमा लिम्बुवान मेला लाग्ने भएको छ । लिम्बुवानकाे फेदाप थुमले परिचित भएको सिम्लेस्थित पाेक्लवाङमा फेदाप पाेक्लवाङ लिम्बुवान मेला हुने भएको हाे ।

२०६२/६३ को जनआन्दोलनपछि वलिहाङ तङ्नाम/शुभदिपावलीको अवसरमा लाग्दै आएको लिम्बुवान मेला यो साल पनि यहि कार्तिक ४ गते बाट आयोजना हुने आयाेजकले जनाएको छ । महेन्द्र मेलाको नाममा लाग्दै आएको ऐतिहासिक मेला जनआन्दोलनपछि फेदाप लिम्बुवान मेलाको नामले लाग्दै आएको छ । लिम्बुवान मेला यो क्षेत्रकै एक मात्र ऐतिहाक बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मेला भएको आयोजक समितिका अध्यक्ष सुजन कुरुम्बाङले बताए ।

मेलाको अवसरमा खुल्ला फुटबल प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिताका साथै अन्य साँस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् । २०७४ को स्थानीय चुनावपछि स्थानीय सरकार प्रमुख हरि चोङवाङले मेलाको नाम परिवर्तन गरी फेदाप मेला बनाएकोमा पुन: २०७९ सालको स्थानीय चुनावपछि वर्तमान स्थानीय सरकारले पुरानै नाम कायम गरी फेदाप पोक्लवाङ लिम्बुवान मेला को आयोजना हुन लागेको साँस्कृतिक अभियन्ता एवम् फेदाप समाजका संस्थापक सचिव सन्ताेष कुरुम्वाङले बताए ।

मेलाकाे अवसरमा आयोजना हुने खुल्ला फुटबलतर्फ प्रथम हुनेलाई पुरस्कार राशी रू १,११,१११ र ट्रफी, भलिबलतर्फ प्रथम हुनेलाई पुरस्कार राशी ५०,००० र ट्रफी रहेको छ । मेला यहीओ कात्तिक ४ गतेदेखि एकहप्तासम्म आयोजना हुने आयोजक पाेक्लवाङ लिम्बुवान मेला खेलकुद विकास समितिले जनाएको छ ।

लिम्बुवानकाे सत्र थुममध्ये फेदाप थुम एक हाे । सेन्सेङ्गुम फेदापहाङ नामक शाषक र सन्ततिहरूले शासन गरेको मानिएको यस थुममा रहेको पाेक्लवाङ माङ्गेन्ना यक्(उत्पत्ति थलाे) छराय र सात राय याक्थुङ लिम्बुहरूकाे पवित्र थलाे मानिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।