काट्ने बेलाको धान गैँडाले पा¥यो नष्ट

भरतपुर, २ कात्तिक । काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो बर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रअन्तर्गतको पाँचपाण्डव उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले यस वर्ष गैँडाले धानमा धेरै क्षति पु¥याएको बताउनुभयो । उहाँले कार्यालयमा दैनिकजसो किसान क्षतिको विवरण बुझाउन निवेदन लिएर आइरहेको जानकारी दिनुभयो । भैरवपुर, सेरुवा र गर्दी क्षेत्रमा गैँडा र हात्तीसँगै बँदेल र चित्तलले पनि दुःख दिइरहेको बोटले बताउनुभयो ।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले माडीमा वन्यजन्तुबाट हुने बालीको क्षति झन बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचपाण्डवदेखि बगईसम्मका निकुञ्जको सीमा क्षेत्रमा दैनिकजसो वन्यजन्तुले धनजनको गरिरहेको छ, सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ ।” मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि योजनाबद्ध काम हुन नसक्दा दैनिकजसो वन्यजन्तुको समस्या आउने गरेको उहाँले बताउनुभयो । “मेस जालीसहितको व्यवस्थित आरसीसी वाल निर्माण नगरेसम्म दैनिकजसो यस्तै समस्या आउँछ, हामी जनप्रनिनिधिले पनि ढुक्कले निदाउने अवस्था छैन”, उहाँले भन्नुभयो ।

नगरपालिकाको थोरै बजेटले अति आवश्यकताका आधारमा मात्रै काम गर्ने गरेको प्रमुख महतोले बताउनुभयो । किसानका लागि निकुञ्जले दिने राहत न्यून भएको भन्दै उहाँले एउटै हात्तीले एकै रातमा बिघाँै जग्गा नष्ट गर्ने गरेको बताउनुभयो । “निकुञ्जले प्रदान गर्ने जम्मा रु १० हजारले किसानको बीउको मूल्य पनि उठ्दैन, उहाँले भन्नुभयो”, किसानलाई राज्यले क्षतिपूर्ति दिनुपर्छ ।” नगरपालिकाले बजेटको कमीका कारण क्षतिपूर्ति दिन भन्दै उहाँले रिउ करिडोर निर्माण गरेर बाढी र जनावर दुवैबाट माडीवासीलाई जोगाउनुपर्ने बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चारैतिर निकुञ्जले घेरेका कारण माडीमा नै सबैभन्दा धेरै वन्यजन्तुले क्षति पु¥याउने गरेको बताउनुभयो । वन्यजन्तुलाई बस्ती पस्नका लागि बनाइएका संरचनाले प्रभावकारी बन्न नसक्दा समस्या आइरहेको उहाँको भनाइ छ । “निकुञ्जमा काँडेतार, सोलार फेन्स, मेस वायर फेन्सिङ र अहिले आरसीसी र पिसीसीसहितका बार लगाइएको छ तर प्रभावकारी बन्न सकेका छैनन्”, उहाँले भन्नुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत सिफारिस ल्याउने र निकुञ्जले थोरै भए पनि किसानलाई राहत वितरण गर्ने गरेको आचार्यले जानकारी दिनुभयो । गत वर्ष मात्रै निकुञ्जले विभिन्न शीर्षकमा रु तीन करोडको राहत वितरण गरेको उहाँले बताउनुभयो । त्यसमध्ये सबैभन्दा धेरै बालीनाली क्षतिको नै हुने गरेको आचार्यले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।