तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याइ

मध्यबिन्दु (नवलपरासी पूर्व), ५ कात्तिक । पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसक्नुभएको छ । हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उहाँलाई भ्याइनभ्याइ छ । तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उहाँ व्यस्त हुनुहुन्छ ।

प्रजापति भन्नुहुन्छ, “तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न तीन महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ, तिहारसम्ममा ५० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु ।” आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ ।

पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिकरुपमा नै माटोका सामान बनाउँदै आउनुभएको छ । सिजनअनुसार माटोका सामान बनाउँदै आउनुभएको प्रजापति भन्नुहुन्छ, “जिल्लामा करिब चार लाख माटाका पालाको माग रहेको छ, तर बजार माग पूरा गर्न नसक्दा वीरगञ्जबाट समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ ।”

उहाँका अनुसार जिल्लामा माटोका सामग्री बनाउने तीन जना मात्रै हुनुहुन्छ । पाला, गमलालगायतका माटोबाट बन्ने विभिन्न सामान बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्नु नै माटोका सामग्री बनाउनेको प्रमुख समस्या भएको उहाँ बताउनुहुन्छ । बाबुबाजेबाट सिकेको पुख्र्यौंली पेशालाई व्यावसायिकरुपमा अगाडि बढाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले युवाले माटोलाई आकार दिन होस् वा माटोलाई छुन मन पराउँदैनन् खाली समय बिताउँछन् तर कामलाई सम्मान गर्दैनन्, अब म पछि यही पेशालाई निरन्तरता दिने कोही छैन ।” यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्कीबाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।