बजारमा देखिन्नन् सयपत्री माला, प्लास्टिकका मालाको भर

मुसिकोट ६, असोज । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्री राखिएका छन् ।

बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् । भाइ टीकाको दिन नजिकिँएसँगै सदरमुकाम खलङ्गा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसल माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् ।

जिल्लामा सयपत्रीको माला बिक्रीको चलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भए पनि रुकुम पश्चिममा भने प्लास्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा बर्सेनि ठूलो मात्रामा प्लास्टिकका माला खपत हुने गरेको छ । प्लास्टिकका बाहेक फूलका माला पाइँदैन । जिल्लामा फूलको मालाको बजार नरहेको व्यापारी बताउँछन् ।

फूलका माला छिट्टै बिग्रिने भएकाले प्लास्टिककै माला बढी किनमेल हुने गरेको व्यापारी बताउँछन् । तिहारमा मालासँगै ढाकाको टोपीको पनि उत्तिकै माग हुने गरेको खलङ्गा बजारमा कस्मेटिक पसल चलाउँदै आउनुभएकी गीता पोख्रेलले बताउनुभयो । तिहारका लागि माला र ढाका टोपी बुटवल, दाङ लागयतका ठाउँबाट ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

यस्तै बागबजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएकी रिमा मल्लले पनि पलास्टिकका मालाको माग धेरै रहेको बताउनुभयो । “फूलको व्यावसायिक उत्पादन नुहुँदा तिहारमा प्लास्टिककै मालाको भर पर्नुपरेको छ”, उहाँले भन्नुभयो । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु हुनसकेको छैन् ।

सरकारले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्लास्टिकजन्य मालाको बिक्री वितरण नगर्न र गरेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्ने सूचना जारी गरेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।