प्लास्टिकका माला प्रतिबन्ध : सयपत्रीको माग ह्वात्तै बढ्यो

दोधारा चाँदनी, ७ कात्तिक । सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ ।

तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताउनुभयो । उहाँले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताउनुभयो । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग धेरै छ ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।” उहाँले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताउनुभयो । “यस वर्ष हावापानीका कारणले फूल ढिलो गरी फूलेको छ ।” उहाँले भन्नुभयो, “बजार माग धान्नै नसकिने अवस्था छ सोचेअनुसारको फूल फुलेन ।”

उहाँले हालसम्म रु पाँच सय प्रतिकिलोका र मालाको रु सयका दरले सयपत्री बिक्री गरिरहेको बताउनुभयो । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उहाँले सयपत्री फूलको खेती गर्नुभएको छ । “अहिले भारतबाट ठूलो मात्रामा फूल आयात भइरहेको छ हाम्रो यहाँ उत्पादन छैन ।” उहाँले भन्नुभयो, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ अब यसलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारीमा छु ।”

यहाँका व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताउनुभयो । “यहाँ फूल प्रशस्त छैन भारतकै भर पर्नुपरेको छ ।” उहाँले भन्नुभयो, “अहिले ग्राहकले प्लास्टिकको माला योग गर्न रुचाउँदैनन् सयपत्री नै खोज्ने गरेका छन् ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताउनुभयो । “हामीले माइकिङ पनि गरिरहेका छाँै व्यवसायीलाई बिक्री नर्गन निर्देशन दिएका छौँ ।” उहाँले भन्नुभयो, “अनुगमनका क्रममा बिक्री वितरण गरिएको भेटिए सामग्री जफत गर्छांै ।” (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।