बाढीपहिरोले जुम्लामा सबैभन्दा धानबालीमा क्षति

दिलमाया शाही/जुम्ला, ७ कात्तिक । बाढीपहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालमिा भएको क्षति एकिन गरिएको छैन । तर पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यसपटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका–१ बड्कीका लालबहादुर शाहीले बताए । सिंजा क्षेत्रमा धानवालीसहित, सिमी, मकै, कोदो र बर्खेबालीमा यसपटकको भारी वर्षाले क्षति पुर्याएको छ ।

कनकासुन्दरी–५ निवासी उपेन्द्र न्यौपानेका अनुसार १९ देखि २६ असोजसम्म पानीको सतह बढेपिछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धानसहित खेतमा समेत क्षति पुगेको छ ।

बाढीपहिरोपछि क्षति बढेपछि सरकारले जुम्ला, हुम्ला, कालिकोट र मुगुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोहीअनुसार अहिले जुम्लामा पनि राष्ट्रिय बिपत प्राधिकरणको टोली संकटग्रस्त क्षेत्रमा काममा लागेको छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सिंजा क्षेत्रमा काम गरेर पातारासी गाउँपालिकामा टोली काम खटिएको बताइन्।

लगातारको वर्षाले सिंजा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । बाढी पहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिंजा अहिले आक्रान्त छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा एक हजार नौ सय ५२ मानिस विस्थापित भएका छन् । जसमध्ये सिंजा गाउँपालिकामा सात सय २५ जना र कनकासुन्दरी, गाउँपालिकामा २९८ जना गरी १०२३ जना नागरिक विस्थापित भएका छन् । सिंजा गाउँपालिका भवनमा बाढी पसेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । बाढीपहिरोमा परी गत २२ र २३ असोजमा सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिका–७ वारकोटेवाडामा पहिरोले एकै परिवारका पाँचजना, छिमेकी दुईजना र पुल तर्दै गर्दा सोही वडामा एकजना गरी आठजनाको मृत्यु भएको थियो ।

हिमाका तीन सय ८६ घरधुरीमा पूर्ण क्षति

हिमा गाउँपालिकामा सबैभन्दा धेरै घर क्षेति भएको तथ्यांक सार्वजनिक भएको छ । गाउँपालिकाको पछिल्लो तथ्यांकअनुसार ३८६ घरधुरी पूर्ण क्षति भएका छन् । अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ३८६ घरधुरीका करिब एक हजारभन्दा बढी मानिस विस्थापित छन् ।

हिमाको पछिल्लो तथ्यांकअनुसार पाँच सय १९ घर आंशिक र ६ सय १३ घर सामान्य क्षति भएका छन् । हिमा गाउँपालिका–३ जोगिवाडामा एक आमा र छोरालाई घरबाट सुरक्षित स्थानमा जाँँँँँँँदै गर्दा बाढीले बगाएको थियो । स्थानीय सत्यदेवी योगी र उनका छोरालाई बाढीले बगाएको हो । आमाको शव भेटिएको र छोरा वेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सिंजामा १५७ घरधुरी र कनकासुन्दरीमा ४६ घरधुरी बिस्थापित भएका छन् । यसरी सिंजाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा मात्रै ५८९ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोले सिंजामा २३६ घरधुरी, कनकासुन्दरी ६७ र हिमामा २२ घरधुरी उच्च जोखिममा छन् । सिंजामा २२० घरधुरी, कनकासुन्दरीमा १८७ घरधुरी जोखिममा रहेको प्रहरीको तथ्यांक रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।