पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, ८ कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन ।

यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकीका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति पनि ती प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने आकलन गरिएको छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।