दाङका तीन फर्निचर उद्योगमा आ’गला’गी, करोडौँको क्ष’ति
देउखुरी, ८ कात्तिक । घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आ’गला’गी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर र स्टार दाजुभाइ फर्निचर उद्योगमा आ’गला’गी भएको प्रहरीले जनाएको छ ।
लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आ’गो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै ज’लेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आ’गो बिहान ७ बजे नियन्त्रणमा आएको छ ।
घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको दमकलले आ’गो नियन्त्रण ल्याएको जानकारी दिनुभयो ।
महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आ’गला’गी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आ’गो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो । घटना विवरणसहित क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उहाँले बताउनुभयो । आ’गला’गीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ ।
लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आ’गो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आ’गोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर ज’लेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताउनुभयो ।(रासस)


