देउसी भैलीको मौलिकपन जोगाउनै मुश्किल

कालिका खड्का/काठमाडौँ, ९ कात्तिक । लक्ष्मीपूजाको दिन भैली र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ ।

सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवद्र्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पिरतिका गीत, पप, ¥याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ ।

कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो फेसबुक पेजमा पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत राख्नुभएको छ । त्यो देउसी गीतमा भनिएको छ, “कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।”

पोखरामा मात्र होइन । राजधानी काठमाडौँ, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडाजस्ता देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ ।
धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । “तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो” उहाँले भन्नुभयो, “अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो त्यो तिहारको संस्कृति होइन ।” तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरुपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उहाँको भनाइ छ ।

सांस्कृति विचलन देखियोः डा टन्डन

धार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । “धार्मिक मान्यता अनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले” सांस्कृतिविद् डा टन्डनले थप्नुभयो,“एतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।” तिहार अर्थात यमपञ्चकको पाँच दिन नै अत्यन्तै महत्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्व बुझाउने गरेको नपाइएको उहाँको बुझाइ छ ।
तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् ।

देउसी भैलीको एतिहासिक पक्ष

देउसीभैली भन्ने वित्तिकै तिहार पर्व भन्ने बुझिन्छ । तर तिहार पर्व कहिले ? कुन मितिबाट प्रारम्भ भयो ? भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रुपमा तिहार मनाउनुका विभिन्न आधार छन् । धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धामिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाको कहाँ जानुभयो ।

राजा बलिले तिमी यति सानो मान्छे किन भीक्षा मागेर हिँड्छाँै । मेरो आधी राज्य दिन्छु यही बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ । मलाइ यत्रो राज्य के गर्नु ? बरु मलाई तीन पाहिला जमिन दिनुहोस । त्यति भए मलाई पुग्छ भन्नुभयो । राजा बलिले हुन्छ भने । भगवान विष्णुले आफ्नो विराट रुप धारण गरी एक पहिला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाहिला टेक्दा अन्तरिक्ष (आकाश) पूरै ढाकियो । तेस्रो पाहिला टेक्ने ठाउँ भएन । भगवान विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोध्नुभयो । बलिराजाले कही ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस भनेर भन्नुभयो । भगवान विष्णुले देउ शिर भन्नुभयो ।

एउटा पाइला शीरमा राख्नुभयो । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा सांस्कृतिविद् डा टन्डनका अनुसार सुरुमा देस शिर भनिएपछिपछि यसैलाई खुसीयालीमा रुपमा दउेसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो । धार्मिक तथा एतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृति परम्परालाई भुल्दै गएको देखिन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।