मौलिक देउसी भैलो जोगाउँदै पाल्पाका युवा

तानसेन (पाल्पा), ११ कात्तिक । तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ । गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो । बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो ।

पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन् । जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्यो । “पश्चिमा संस्कृतिले हाम्रो मौलिकतालाई मेटाउन लाग्यो”, लालुपाते नौमती मगर बाजा समूह तानसेन–७ पाल्पाका जनक थापा भन्नुहुन्छ, “नौमती बाजा बजाएर देउसीभैली खेलेका हौँ ।” नौवटा बाजाहरूको सामूहिक बाजा नौमती हो । यो पञ्चैबाजाको ठूलो रूप हो, पञ्चेबाजामा चारवटा अरू बाजाहरू थपिएको हुन्छ ।

यो समूहले जिल्लाको तानसेनलगायतका आसपासमा मौलिक गीत र नौमती बजाएर देउसीभैली खेलेको हो । गाउँदेखि सहर बजारसम्म मौलिक भाका र बाजाको तालमा देउसीभैलो खेल्दै संस्कृति र परम्परा जोगाउने प्रयास गरेको हो ।

‘भैलेनी आइन्् आँगन, बडालीकुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम”, जस्ता पुराना मौलिक गीत गाएर पुरानो संस्कृति स्मरण गराएका छन् । समूहका सदस्य विनोद परियार भन्नुहुन्छ, “यी गीत गाएर देउसीभैलो खेल्दा नयाँपुस्ता आश्चर्य पर्दारहेछन् ।” मौलिक देउसीभैलोले तिहारमा उत्साह ल्याउँछ । कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको टीकाराम बस्याल बताउनुहुन्छ ।

“हाम्रा चाडपर्वको परम्परा नै परिवर्तन हुँदै गएको छ, मुखैले गीत गाएर देउसी खेल्दाको मज्जा नै बेग्लै हुन्छ”, बस्याल भन्नुहुन्छ, “आजभोलि हाम्रा छोराछोरी कोठामा बसेर नेटमा हेर्छन्, आँगनमा खेलिएको भैलीसमेत हेर्दैनन् ।”

सांस्कृतिक र उज्यालै–उज्यालोको पर्वका रूपमा लिइने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने गर्दछ । मीठा–मीठा परिकार खाँदै देउसीभैली खेल्ने उल्लासमय पर्वका रूपमा तिहारलाई लिने गरिन्छ । गाईतिहारका दिन घर–घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन् । जसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन गाइने तथा खेलिने गीतलाई देउसी तथा देउसीरे भन्ने गरिन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।