पर्ख र हेरको मनस्थितिमा ज्येष्ठ नागरिक मतदाता

टङ्कीसिनवारी, १३ कात्तिक । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ ।

निर्वाचनमा भाग्य अजमाएका उम्मेदवारले मतदाता रिझाउन कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टी र स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिएकाहरूले चाडपर्वको बेला पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै मतदातालाई आफ्नो पक्षमा पार्न दिनरात एक गरिरहेका छन् ।

तर मतदातामध्ये कतिपय ज्येष्ठ नागरिक मतदाता भने कसलाई मत खसाल्ने भन्नेबारे अझै खुल्न सकेका छैनन् । मोरङ र झापाका कतिपय ज्येष्ठ नागरिक मतदाता अझै पर्ख र हेरको मनस्थितिमा रहेका छन् । ज्येष्ठ नागरिक हर तरहबाट जाँच, परख र यकिन गरी काम गर्न सक्ने उम्मेदवारको पक्षमा मत खसाल्न इच्छुक देखिएका छन् ।

मोरङ विराटनगर–३ अरूण मार्ग बस्ने ७९ वर्षका ज्येष्ठ नागरिक मतदाता मातृकाप्रसाद लुइँटेलले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको बताउनुभयो । उहाँले यसअघि चुनाव हारेका उम्मेदवारले पनि जनताका बीचमा मुख देखाउन जरूरी नसम्झिएको बताउनुभयो ।

विराटनगर–३ मानगढ बस्ने ७० वर्षीया विष्णुकुमारी पोखरेलले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्न सक्ने काममा मात्र मतदातालाई आश्वस्त पार्नुपर्ने बताउनुभयो । उहाँले जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नु पर्ने बताउनुभयो । यद्यपि पोखरेलले पनि मत कसलाई दिने भनेर अझै निक्र्यौल गरिनसकेको बताउनुभयो ।

विराटनगरस्थित ज्येष्ठ नागरिक हातेमालो समाजका संस्थापक अध्यक्ष बताउनुहुने ८२ वर्षीय खेन्द्रबहादुर बस्नेतले नेताले जनताको मन जित्ने गरी कमै काम गरेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले मङ्सिर ४ गतेको निर्वाचनमा उत्साहका साथ भाग लिने भए पनि हालसम्म कसलाई मत खसाल्ने भनेर निक्र्यौल गरिनसकेको बताउनुभयो । बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका उम्मेदवारको विचार बुभ्mने र जसको ठीक लाग्छ उसैलाई मत दिने बताउनुभयो ।

बुढीगङ्गा गाउँपालिका–२ बस्ने ७१ वर्षीय माधवप्रसाद उपाध्याय काफ्लेले मतदानका लागि योग्य नागरिकले आफ्नो मताधिकारको प्रयोग अनिवार्यरूपले गर्नुपर्ने बताउनुभयो । निर्वाचनलाई पनि दशैँ तिहार झैँ पर्वका रूपमा शान्तिपूर्वक मनाउनु पर्ने उहाँको भनाइ थियो । काफ्लेले प्रायः पार्टीका उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो घरमा मत माग्दै आए पनि कसलाई दिने भनेर अझै ठोस निर्णय गर्न बाँकी रहेको बताउनुभयो ।

झापा जिल्लाको दमक–८ बस्ने ६७ वर्षीय व्यवसायी एवं ज्येष्ठ नागरिक कुलप्रसाद बाराकोटीले नेताका लागि सबै कुरा पुगेको तर जनताका लागि सबै कुरा पुग्न अझै बाँकी रहेको बताउनुभयो । बाराकोटीले प्रतिनिधिसभा र प्रदेशसभामा जनताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने बताउनुभयो ।

जनताको पक्षमा विकासको मूल फुटाउन सक्ने, सामाजिक सुरक्षा भत्ता वृद्धितर्फ ध्यान दिने, कानून व्यवस्थालाई कसिलो बनाउन पहल गर्ने, महिला सशक्तीकरणको पक्षमा काम गर्न सक्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समस्या बुलन्द रूपमा उठान गर्न सक्ने उम्मेदवारलाई मत हाल्ने इच्छा देखाए पनि कुन उम्मेदवारलाई मत हाल्ने भन्ने बारेमा अहिले नै मुख खोल्न छिटो हुने अधिकांश ज्येष्ठ नागरिकको ठहर छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।