दुई किशोरीलाई सामूहिक ब’ला’त्का’र गर्ने नौ जना पक्राउ

बुटवल, १७ कात्तिक । दुईजना किशोरीलाई अ’पह’रण गरी सामूहिक जवर्जस्ती क’रणीमा संलग्न नौ जनालाई प्रहरीले रुरपन्देहीबाट पक्राउ गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा भएको साँस्कृतिक कार्यक्रम हेरी दाजुहरुसँगै रातको सबा एक बजेपछिको समयमा घर फर्कने क्रममा मोटरसाईकलमा आएका १२/१३ जना मानिसहरुको समूहले दुई किशोरीलाई जवर्जस्ती क’रणी गरेको प्रहरीको दाबी छ ।

जवर्जस्ती क’रणीको अभियोगमा पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी वस्ने १९ वर्षीय पदम कार्की, १६ वर्षीय परिवर्तित नाम एन टी, रुपन्देही गैँडहवा गाँउपालिका वडा नम्बर ८ मैनिया दुर्गामन्दिर वस्ने १८ वर्षीय राहुल परियार, बर्ष १७ को परिवर्तित नाम पि एम, सैनामैना नगरपालिका वडा नम्बर ११ वनकट्टी वस्ने वर्ष १८ को बबि पाण्डे, वर्ष १५ को परिवर्तित नाम एस बि, गैँडहवा गाँउपालिका वडा नम्बर८ मैनिया दुर्गामन्दिर वस्ने वर्ष २६ को राम बहादुर विक, वर्ष १६ को परिवर्तित नाम ए पस र वर्ष १४ को परिवर्तित नाम एस एस रहेका छन् ।

प्रहरीका अनुसार पिछा गर्दै आएका व्यक्तिहरूले मोटरसाईकल तेस्र्याई बाटो छेकी घरेलु धा’रिलो ह’तियार देखाई पीडित बालिकासँगै रहेका मानिसहरुलाई शारीरिक आ’क्रमण गरी १५ वर्षीया र १६ वर्षिया नाबालिकहरुलाई तीनवटा मोटरसाईकलमा अ’पहरण गरी लगेका थिए ।

ती मध्ये ६ जनाको समूहले १६ वर्षीया नाबालिकलाई कञ्चन गाउँपालिका २ स्थित गोफ्लापुर स्थितको कुडियाखोला स्थितको कञ्चन खोलाको एकान्त किनार बगरमा लगी पालैपालो जवर्जस्ती क’रणी गरेका थिए । त्यसक्रममा नाबालिक चिच्याएपछि गाउँलेहरुले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खवर गरेपछि इलाका प्रहरी कार्यालय सालझण्डीको टोली राति साढे १ बजे नै घटनास्थलमा पुगेको थियो । त्यसक्रममा ६ जना व्यक्तिहरु पीडितलाई सोही स्थानमा छाडी भागेका थिए भने पीडित नाबालिकाको तत्काल उद्दार गरी प्रहरीले संरक्षणमा लिएको थियो । ‘धारिलो ह’तियारले आ’क्रमण गर्दा पीडित नाबालिकाका दाजुहरु समेत घाईते भएका थिए ।

एकै ठाउँबाट अ’पहरणमा परेका बालिका मध्ये एकजना मात्र बालिका फेला परेकोमा अर्की १५ वर्षिया नाबालिक कहाँ छिन भनी तत्काल प्रहरीले खोजतलास गर्दा अ’पहरणमा परेकी १५ वर्षीया नाबालिकलाई पहिलेको घटनास्थलबाट करिब दुई किलोमिटर उत्तरमा फेला पारेको थियो । देउराली सामुदायिक वनको घनाजंगलमा लगी रातको १ः५५ बजेको समयमा सात जनाले पालैपालो जवर्जस्ती क’रणी गरिरहेको अवस्थामा नाबालिक चिच्याईरहेको सुनेपछि प्रहरी त्यसतर्फ गएको थियो । त्यसक्रममा प्रहरीले पीडित बालिकालाई एक्लै फेला पारी उद्दार गरेको थियो भने घटनामा संलग्न मानिसहरु तत्कालै फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डस्, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभीन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सम्पूणर् प्रतिवादीहरुलाई अ’पहरण र क’रणी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।