गैरआवासीय नेपाली संघको आयोजनामा स्वागत तथा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा नेपाली परम्परा अनुसारका सम्पुर्ण चाडवाडको अवसरमा हाल काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरुसंग भेटघाटको उद्देश्यले चियापान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । साथै यस अवसरमा संघको सचिवालयको हलमा आयोजित कार्यक्रममा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता कार्यकारी अध्यक्ष रविना थापाज्यूले गर्नु भएको थियो भने अध्यक्ष डा बद्री केसीज्यूले चियापान कार्यक्रममा सहभागी हुनु भएका गैरआवासीय नेपालीहरु तथा नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । डा. केसीले प्रवासी नेपाली मञ्च लगायत विदेशमा रहेको अन्य संघ संगठनहरुले संघको अभियानमा सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नको लागि सहकार्य गर्न अनुरोध गर्नुभयो । उहांले संघले सुरुको अभियान देखी उठाउदै आएको नागरिकता, वैदैशिक रोजगार, मतदानको अधिकार बारे प्रकाश पार्नु भएको थियो । उहाँले गैरआवासीय नेपालीको मुद्दामा सबै राजनैतिक दलका संगठनमा आबद्ध भएर विचार फरक भएपनि सबैजना समान मुद्दामा एकै ठाउँमा आउन अपरिहार्य भएको विचार व्यक्त गर्नु भयो ।

नवनिर्वाचित प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिका नवनिर्वाचित अध्यक्ष संजय थापाले चियापानमा आमन्त्रण गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै गैरआवासीय नेपाली संघ विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुको साझा संस्था भएको बताउनु भयो । उहाँले नेपालको समृद्धि तथा विदेशमा रहेका नेपालीहरुको समस्या समाधान गर्ने विषयमा मञ्चले जहिले पनि सहयोग गर्ने बताउनु भयो । राजनैतिक संगठनमा आबद्ध भएपनि संघले गरेका गतिविधिहरुलाई सहयोग गर्न इमान्दारीता प्रस्तुत गर्ने कुरामा जोड दिदै गैरआवासीय नेपाली संघको आइसिसि सदस्यमा नैतिकताको आधारमा पदत्याग गरी बाहिर बसेर सहयोग गर्ने कुरा राख्दै एक उदाहरण प्रस्तुत गर्नु भयो ।

समावेशी आयोगका सदस्य माननीय श्री पुष्पराज तिमिल्सिनाले समावेशी आयोगले संचालन गरेका विधिहरु बारे जानकारी गराउंदै नेपालको समृद्धिमा सहयोग गर्न सबै गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो । संघका प्रवक्ता सोम सापकोटाले धन्यवाद मन्तब्य दिदै राजनैतिक चेतना भयो भने सामाजिक कार्य गर्न सहज हुने बताउनु भयो । साथै उहांले संघको अभियानमा सहयोग गरेकोमा सबै सरोकारवालहरु प्रति आभार प्रकट गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा राख्नु भयो ।

कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले आफ्नो अभियानमा उठाउंदै आएको मुल विषयहरु गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी, महिला तथा युवा शसक्तिकरण, प्रवासमा बस्ने नेपालीहरुको मतदानको अधिकार लगायतका गतिविधिहरु बारेमा जानकारी गराउनु भएको थियो । उहांले नेपालको समृद्धिमा सहयोग गर्न विदेशमा रहेका सबै संघसँस्थाहरुलाई आग्रह गर्नुका साथै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले संघ, सदस्यता अभिबृद्धि गर्ने क्रममा भएकोले यो महाअभियानमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले संघले संचालन गर्ने परोपकारी अभियानमा सबै एक जुट भएर श्रोत संकलन तथा परिचालनमा जोडदिन सके यसले नेपालको समृद्धिमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो ।

कार्यक्रममा संघका सहकोषाध्यक्ष यमुना भट्टराई, अमेरिका क्षेत्रका क्षेत्रीय उपसंयोजक पुरुषोत्तम बोहरा, पूर्व पदाधिकारीहरु, पूर्व सल्लाहकारहरु, पूर्व आइसिसि सदस्यहरु लगायत विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपाली प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन संघका प्रवक्ता शिवकुमार बरुवालले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।