मतदाता भन्छन्–‘नमस्कार र आश्वासनले तिर्खा मेटिदैन’

ढोरपाटन, २३ कात्तिक । बागलुङको निसीखोला–२ का वीरबहादुर विकले गाउँमा खानेपानी आउने आश्वासन पाएको ३०औँ वर्ष भयो । ३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भएँ । तर, उहाँले घरमा खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ ।
गाउँका सयौँ जनता सहज र स्वच्छ खानेपानी उपभोग गर्नबाट बञ्चित छन् । मङ्सिर ४ को निर्वाचनका लागि अहिले पनि नेता घर–घरमा पुगेर पुरानै आश्वासन दोहो¥याइरहेका छन् । विकसहित गाउँलेले यसपाली पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् ।

“गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरुले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छा विक भन्नुहुन्छैँ”, विक भन्नुहुन्छ–, “अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, हामीहरु एकजुट भएर पानी ल्याइ दिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ ।”

निसीखोला गाउँपालिका–२ को अर्नाकोट र सिँडेरीका दुई सय २० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले सहज र स्वच्छ खानेपानीबाट बञ्चित छन् । वर्षातको समयमा घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढमहिना पु¥याउनुपर्ने बाध्यता आफूहरुलाई रहेको स्थानीयवासी छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिने बताउनुहुन्छ ।

“चुनाव आयो की नेता पानी बाँड्न आउँछन्, उनीहरुले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो”, उहाँले भन्नुभयो, “बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुञ्जेल पानी बोक्नुपर्छ ।”

उहाँले घण्टौँ हिडेर पानी बोकेर ल्याउनुपर्दा बालबालिकालाई समयमा विद्यालय पठाउन नसक्दा छोराछोरीको पढाइसमेत विग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारा र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दापढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरुले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ ।

“भोट माग्न आउँदा एक घर एक धारा बनाउँछौँ, चुनाव जितेर गए पछि कहिलै समस्या राख्न पाइँदैन, एक पटक पनि फर्किएर गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,” उहाँले भन्नुभयो,“नमस्कार र आश्वासनले हाम्रो तिर्खा मेटिदैन ।”

अर्नाकोटका अधिकांश स्थानीयवासी पानी बोक्नको लागि ढोरपाटन नगरपालिका–५ को बसुन्धरा, बाँसखोला र बराहथान जानुपर्छ । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीयवासी झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो । “गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन”, उहाँले भन्नुभयो, “सानोतिनो भएका मुहान पनि सक्दै गए, पानीको स्रोत छैन ।”

स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका अधिकांस हुनेखाने बसाइँसराइ गरिरहेको बताउनुभयो । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरुले उनीहरुको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयवासीको मतको महत्व बुझ्ने गरेको बताउनुहुन्छ ।
यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । तर, खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।