चुनावले छोएन बालुवा मजदूरलाई

लेखनाथ, ३० कात्तिक । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उहाँलाई यसले छुँदैन ।

“नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरुलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन”, उहाँले भन्नुभयो, “मैले भोट दिन पाउँदैन भनेर पनि भन्न सक्दैन बरु नेता आउँदा भोट दिउँला भन्दै पठाउने गरेकी छु ।”

गौरीका श्रीमानले कान्छी श्रीमति लिएर हिँडेको १७ वर्ष पुगिसक्यो । न उहाँसँग नागरिकता छ न मतदाता परिचय पत्र नै । श्रीमानले अर्की श्रीमति लिएर हिँडेपछि तीन छोरी र एक छोरा पाल्ने जिम्मेवारी गौरीको काँधमा आयो ।

छोराछोरीलाई पालनपोषण र शिक्षा दिनकै लागि गौरीले प्रत्येक दिन बिहान ६ बजेदेखि साँझसम्म रामघाटमै बालुवा बोक्नुहुन्छ । “मेरो जीवन बालुवामै गयो, मेरो जिम्मेवारी बालुवा बोकेर छोराछोरी पाल्ने हो”, उहाँले भन्नुभयो ।

पोखराको सेती नदी किनारको रामघाटदेखि माथि डिलसम्म बालुवा ल्याए वापत ठेकेदारले दिने पैसाले उहाँले परिवार पाल्दै आउनुभएको छ । “बालुवा बोकेरै पढाएका दुई छोरीको विवाह भइसक्यो”, गौरीले भन्नुभयो, “भोट हाल्ने रहर थियो तर भोट दिने कुनै कागज नै छैन ।”

पोखराको रामघाटमा बालुवा बोक्दै गर्नुभएका खोटाङ जिल्ला निवासी ४७ वर्षे उदय मगर नेताहरुले मजदुरका माग पूरा गर्ने आश्वासन दिए पनि त्यो पूरा नभएको बताउनुहुन्छ ।

“कति चुनाव आए र गए तर हामीले रामघाटमा बालुवा बोक्ने बाहेक अन्य काम पाएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले त महङ्गीका कारण बालुवा बोकेरै परिवार पाल्न नसक्ने अवस्था आएको छ ।”

युवा उमेर छँदा केही वर्ष आफू पनि गाउँमै राजनीति गरेको भए पनि त्यसमा सफलता हात नलागेपछि मजदुरीमा आएको उहाँको भनाइ छ । पत्नी हिराकुमारी पनि बालुवा बोक्नुहुन्छ ।

“केही दिनअघि थला परेर १५ दिन सुत्दा मलाई हेर्न कोही आएन” उहाँले भन्नुभयो, “चुनाव आएपछि नेता भोट माग्न आउँछन् तर भोट दिन खोटाङसम्म पुग्ने खर्च पनि छैन ।” प्रत्येक निर्वाचनमा नेताले मजदूरलाई रोजगारी दिन्छाँै र महङ्गी नियन्त्रण गर्छु भने पनि त्यो आश्वासन पूरा नभएको उहाँको गुनासो छ ।

त्यस्तै रामघाटमै बालुवा बोक्दै गुर्नभएका धादिङका ४३ वर्षीय सोमबहादुर गुरुङ पैसा नभएकै कारण मतदानमा घर फर्कन नपाउने गुनासो गर्नुभयो । “श्रीमती गाउँमै छिन, उनले भोट हाल्छिन् तर म जान्न”, उहाँले भन्नुभयो ।-(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।