पानी ट्यांकरकाे ठक्करबाट ७ वर्षीय बालकको मृ’त्यु

भक्तपुर, ३ मंसिर ।  भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृ’त्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्वरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृ’त्यु भएको हो । 

सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा बालक ग’म्भीर घा’इते भएका थिए । त्यसपछि उपचारको लगि भक्तपुर अस्पताल लगेको थियो । उपचारको क्रममा मृ’त्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । 

घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य भएको जनाइएको छ । ठक्कर दिने पानी ट्याङ्कर र चालक भक्तपुर नगरपालिका-९ कमलबिनायक बस्ने बर्ष ४५ को सीताराम पक्का नेवारलाई परिसर भक्तपुरको नियन्त्रणमा लिएको छ ।

निर्वाचन गराउन सुदृढ सुरक्षा व्यवस्थापन
सुदूरपश्चिम, ३ मङ्सिर (रासस):भोलि हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ पारिएको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा राखेर सुरक्षा व्यवस्थापन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता भोला रावलले निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ पारिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरीका मात्रै मोबाइल गस्ती एकसय ७७ र २० अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ, संवेदनशील मानिएका क्षेत्रमा हेलिकप्टर गस्तीसमेत हुन लागेको छ ।”

निर्वाचनलाई लक्षित गरी बनाइएको विशेष सुरक्षा योजनाअनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी सुरक्षा व्यवस्थापन गर्न लागिएको छ । भौगोलिक विकटतालाई ध्यान दिएर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ । यसका लागि सुर्खेतलाई केन्द्र मानेर हेलिकप्टरको समेत प्रबन्ध मिलाइएको छ ।

निर्वाचनको बेला सीमाबाट कुनै अवाञ्छित गतिविधि हुन नपाओस् भनेर निर्वाचनको ७२ घण्टा अघिदेखि (गए रातिदेखि) नै सीमा नाकामा आवागमन बन्द गरिएको छ । अत्यावश्यक कामको हकमा भने सीमा नाकाको आवागमनलाई रोक लगाइएको छैन । सीमामा सुरक्षा गस्ती परिचालन गरिएको छ । उम्मेदवार, निर्वाचन खटिने कर्मचारी, मतदाताका साथै निर्वाचन स्थल र वरिपरिको सुरक्षामा विशेष ध्यान दिइएको छ ।

निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पूरा भएको छ । मतदान स्थलमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीबाट शुक्रबारदेखि नै मतदान केन्द्र (बुथ) निर्माणको काम भइरहेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भन्नुभयो, “मतदान केन्द्र निर्माणसँगसँगै आवश्यकताअनुसार सर्वदलीय÷सर्वपक्षीय बैठक धमाधम भइरहेका छन् ।” प्रत्येक मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयम्सेवी खटाइएको छ । निर्वाचनको मौन अवधि सुरु भएसँगै उम्मेदवारले आफ्नो प्रचारप्रसार रोकेका छन् ।

प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा एक हजार एक सय ६१ मतदानस्थल र दुई हजार एक सय ४६ मतदान केन्द्र तोकिएको छ । कैलालीमा दुई सय ३७, डोटीमा एक सय १५, बाजुरामा ७०, बझाङमा एक सय ३५ र अछाममा एक सय ३०, कञ्चनपुरमा एक सय ३२, डडेलधुरामा एक सय एक, बैतडीमा एक सय २९ र दार्चुलामा एक सय १३ मतदान स्थल तोकिएको छ । नौ जिल्ला रहेको प्रदेशको तराईको जिल्ला कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका पाँच सदस्य चुनिन लागेका छन् ।

अर्को तराईको जिल्ला कञ्चनपुरबाट प्रतिनिधिसभाका तीन, पहाडको अछामबाट दुई र अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक÷एकजना चुनिन लागेका छन् । कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभाका प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभाका दुईजना निर्वाचित हुन लागेका छन् । यो प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । सबैभन्दा बढी कैलाली जिल्लामा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता छन् ।

कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ र अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् । सबैभन्दा कम बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् । बझाङमा एक लाख २२ हजार तीन सय ७६, दार्चुलामा ८९ हजार एक सय ५४, डडेलधुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय २९ र डोटीमा एक लाख २४ हजार आठ सय ७० मतदाता छन् । प्रदेशमा अन्य मतदाता (तेस्रोलिङ्गी) १८ छन् ।

निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा पाउने चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नु पर्नेछ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।

यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ ।

मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मत सङ्केत गरेर मतपेटिकामा मतपत्र खसालेपछि दोस्रो चरणमा निजलाई प्रतिनिधिसभाकै समानुपातिक मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो मतपत्रमा मतदान गरेर मतपेटिकामा खसालेपछि तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराइन्छ । यो मतपत्रमा पनि मतदान गरिसकेपछि चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था छ ।

गर्भवती अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाता लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत सङ्केत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।