भोजपुरमा मङ्सिर २२ देखि अरुण डाँडा महोत्सव हुने

भोजपुर, १२ मङ्सिर । पर्यटन प्रवर्द्धनका लागि मङ्सिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ ।

‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव’ भन्ने मूल नारासहित पर्यटकीयस्थल पौवादुङमा-१ को अरुण डाँडामा छ दिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवमा आगन्तुकलाई लक्षित गरी स्थानीय जातजातिका खानाका परिकार, कृषि सामग्री तथा उत्पादन प्रदर्शनी गरिनेछ भने स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति पनि रहने अरुण प्रवर्द्धन समितिका अध्यक्ष सञ्जीव सुब्बाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रचारका लागि महोत्सव आयोजना गरिएको हो । यसले यहाँका पर्यटकीय क्षेत्रसँगै भाषा, संस्कार र संस्कृतिको उत्थानमा समेत टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।’’

महोत्सवमा पर्यटन प्रवर्द्धन गर्नेगरी विभिन्न सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कृति झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा स्थानीयवासीको कृषि उत्पादन प्रदर्शन गरिने उहाँको भनाइ छ ।

महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीलाई बजारीकरण गर्न सहयोग पुग्ने तथा यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा प्रत्यक्ष लाभ पुग्ने समितिका सचिव सरोज चाम्लिङ राईले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पर्यटन क्षेत्रको विकासमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले महोत्सव आयोजना गर्नका लागि रु १० लाख उपलब्ध गराएको छ ।

‘‘यस क्षेत्रको पर्यटकीय विकासमा गाउँपालिका योजनाबद्धरुपमा अगाडि बढेको छ”,अध्यक्ष राईले भन्नुभयो, “महोत्सवले गाउँपालिकाको आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।