विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध असहमति जनाउँदै पाँच सदस्यले दिए राजीनामा

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ लफ्याङस्थित श्रीमावि बाँसबोटेको व्यवस्थापन समितिका पाँच सदस्यले राजीनामा दिएका छन् । विद्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता भएको, विव्यास अध्यक्षले एकलौटी गरेकोलगायतका कारण देखाउँदै व्यवस्थापन समितिका सदस्य गिरीराज घिमिरे, बुद्धिमायाँ श्रेष्ठ, सहरमान विश्वकर्मा, रामबहादुर मग्राती र प्रश्नराज राईले आइतबार विद्यालयमा सामूहिक राजीनामा बुझाएका हुन् । 

प्रदेश सरकारको बजेटबाट विद्यालयको भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको केही समयपछि पाँच सदस्यले राजीनामा दिएका हुन् । उनीहरूले व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र राईले अन्य सदस्यसँग राय, सल्लाह र सुझाव बेगर एक्लौटी ढंगबाट कार्य सञ्चालन गर्दैआएको आरोप लगाएका छन् ।

अध्यक्षले आफूखुसी गर्दा विद्यालयको आर्थिक, भौतिक र शैक्षिक क्षेत्रमा दिर्घकालिन क्षती पुग्ने अवस्था देखिएकाले तत्काल सो कार्य बन्द गर्न माग गरिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

विद्यालयको भवन निर्माणका क्रममा नगरसभा सदस्य विद्यालय व्यवस्थापन समितिमा बसेर कमसल सामग्री प्रयोग गरेको र हिनामिना गरेको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले गत २८ असोजमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई छानविनका लागि पत्राचार गरेको थियो ।

अख्तियारको सोही पत्रको आधारमा नगरपालिकाले भवन निर्माण गर्दाको योजनाको सम्झौता पत्र, लागत स्टीमेट, नापी किताव, कार्यदेश, मूल्यांकन प्रतिबेदन, कार्यसम्पन्न प्रतिबेदन, विल भपाई, निर्णयहरु, प्राविधिक फिल्ड प्रतिबेदन र सो भवन निर्माणाधिन अवस्थाको फोटो लगायतका विवरण तीन दिनभित्र उपलव्ध गराउनका लागि ८ मंसिरमा विद्यालयलाई पत्राचार गरेको थियो । विद्यालयले सोको जवाफ पठाइसकेको छ । 

अध्यक्ष राईले भने विद्यालयको भौतिक तथा शैक्षिक प्रगती देखेर जलेका केही व्यक्तिले राजनैतिक आस्थाको आधारमा अख्तियारमा उजुरी हाल्नेदेखि विव्यास सदस्यहरुलाई राजीनामा दिन लगाएको बताए । ‘विद्यालयको अधुरो भवन पुरा गर्नका लागि बजेट ल्याएँ । कक्षा १२ सम्मै निःशुल्क पठन–पाठनको व्यवस्था गरेँ । कोचिङ कक्षाको व्यवस्था मिलाएँ,’ विव्यास अध्यक्ष राईले भने, ‘विद्यालयमा भएको यो प्रगती देख्न नसक्नेहरुले षडयन्त्र गरेको हो । विद्यालय भवनको काम बराबरको रकम भुक्तानी भएर फछ्र्यौट भइसकेको छ । यसले मलाई केही फरक पर्दैन ।’ 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।