जबर्जस्ती क’रणी गरेको अभियोगमा लिम्बू पक्राउ

ओखलढुंगा, १४ मंसिर । २५ वर्षीया महिलालाई जबरजस्ती क’रणी गरेको अभियोगमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले ब’ला’त्का’र अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । 

लिम्बूले ती महिलालाई ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ मा गत ३ कात्तिकमा जबर्जस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छात्रवृत्तिको रकम सकिएपछि घटे विद्यार्थी
बलेवा, १४ मङ्सिर (रासस) ःदोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किनुभएको छ ।

सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना सङ्क्रमणका कारण समय लम्ँिबदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल सुरु भयो, तर छात्रवृत्ति आउन भने छाड्यो ।

छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै उहाँका धेरै साथीले कक्षा छाडेका छन् । उनीहरु घरमा गएर बसेका छन् । यता कक्षा रित्तो बन्न थालेको प्रधानाध्यापक रेशम श्रीषले बताउनुभयो । ‘‘पैसा तिरेर डेरा बस्ने, शुल्क तिर्ने काम गर्न सक्दैनन्, त्यसैले धेरैले विद्यालय छाडेका छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेको छु, तर कति आउने हुन् थाहा छैन ।” विद्यालयले मङ्सिर १५ गतेभित्र सबै विद्यार्थीलाई हाजिर हुन सूचना प्रकाशित गरेको हो ।

प्राप्त छात्रवृत्तिमा अभिभावकले थपेर सदरमुकाममा डेरामा बस्ने खाने व्यवस्था गरेका थिए । रकम आउन छाडेपछि खानबस्न समस्या भएर अभिभावकले छोराछोरी फिर्ता लगेका हुन् । कोरोना सङ्क्रमणकालमा पढाइ बन्द भएकाले कोर्ष नसकिएको श्रीषले बताउनुभयो । ‘‘अन्तिम सेमेस्टरको पढाइ बल्ल सुरु भएको छ, तर विद्यार्थी छैनन्’’, उहाँले भन्नुभयो, ‘‘अभिभावकलाई फोन गरेर विद्यार्थी फर्काउन भनेको छु ।’’ यति लामो समयसम्म पढाइ सकेका अभिभावकले अन्तिम सेमेस्टर छाडेमा बालबालिकाको भविष्य अन्योल बन्ने उहाँले बताउनुभयो ।

यो विद्यालयमा देशभरका सुस्त श्रवणयुक्त विद्यार्थी पढ्छन् । कम्प्युटर इन्जिनियरिङ पढ्न पनि देशभरबाट नाम निकालेर आएकाहरु छन् । एउटा कक्षामा ४० जनाको कोटा छ । तीमध्ये अन्तिम सेमेस्टरका एकादुईबाहेक सबै विद्यार्थी घर गएकाले मङ्सिर १५ गतेभित्र हाजिर हुन आउन विद्यालयले सार्वजनिक सूचना जारी गरेको हो । उक्त सूचनापछि केही अभिभावकले चासो राखेर विद्यालयमा सम्पर्क गरेका छन् । तर कतिपयलाई जानकारीसमेत छैन ।

‘‘आर्थिक अवस्था कमजोर भएकाले छात्रवृत्तिमा पढ्न गएका थियौँ, अहिले रकम नआएपछि समस्या भएको हो’’, दाङकी दुर्गा शर्मा ओलीले भन्नुभयो, ‘‘पढ्न नसकेपछि रोजगारीको खोजी गर्दैछौँ ।’’ उनीहरुले पढाइ नसक्दै काममा लाग्दा लामो समयको लगानी खेर जाने अभिभावकले बताए । कतिपय विद्यार्थीले काठमाडौँका होटलमा काम खोज्दै भाँैतारिएको बहिरा सङ्घ बागलुङका कोषाध्यक्ष यादव रेग्मीले बताउनुभयो ।

धौलागिरि बहिरा विद्यालयमा पाँच वर्षअघिदेखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु भएको थियो । यहाँबाट तीनवर्षे ‘कोर्ष’ सकेर दुईवटा समूह छुटिसकेको छ । अहिले पनि एक सय २० विद्यार्थी कम्प्युटर इन्जिनियरिङ पढाइमा छन् । त्यसबाहेक कक्षा एक देखि १० सम्म पनि देशभरका विद्यार्थी पढ्दैछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सुस्त श्रवणयुक्त बालबालिका यो विद्यालयमा पढ्छन् । पछि दोभासे चाहिने भएकोले विद्यालयले कूल विद्यार्थीको १० प्रतिशत बालबालिका भने बिपन्न परिवारबाट पनि पढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । विद्यार्थीको भबिष्यमाथि नै खेलबाड हुने गरी रकम नआएकोप्रति उहाँले सिटिइभिटी र नेपाल सरकारका निकायमा कुरा गर्ने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।